logo

हनुमान जयन्तीको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन

 इसीमाना सम्वाददाता     २०८१ चैत ३० गते ०४: ५६ मा प्रकाशित     615   पटक पढिएको
जनकपुरधाम  । हनुमान जयन्तीको अवस। पारेर मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ धर्मशालाको उद्धघाटन गरेका छन । 
 
उपमहानगरपालिकाको वडा नं ८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा  २० करोडको लागतमा निर्माण गरिएको धर्मशाला भवनको मुख्यमन्त्री सिंहले शनिवार उद्धघाटन गरेका हुन। 
 
  दशरथनगरमा परिषदद्वारा २२ कट्ठा जमिनमा निर्माण गरिएको सो भवन पाँचतलाको रहेको छ । 
 
नेपाल तथा भारतका विभिन्न सामाजिक सङ्घसंस्था र धार्मिक तथा सामाजिक व्यक्तित्वको आर्थिक सहयोगमा निर्माण भएको धर्मशाला हाताभित्र सभा भवन, शौचालय तथा पक्की भान्साघर तथा पार्किङकोसमेत व्यवस्था रहेको   मिथिला अबध सांस्कृतिक संरक्षण परिषद्का अध्यक्ष डा. गौराग मिश्रले जानकारी दिए । 
 
सो अवसरमा मुख्यमन्त्री सिंहले जनकपुरके सास्कृतिक ख्यातीको  राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी धार्मिक पर्यटनको आकर्षण केन्द्र बनाउन सबैलाई आग्रह गरे  ।
 
साथै उनले  जनकपुरधाममा आउने पर्यटक तथा हिन्दू धर्मावलम्बीलाई गुणस्तरीय सेवा प्रदान गर्न सेवा प्रदायक सबैलाई अपिल गरे ।
 
“भगवान् श्रीरामको जन्मभूमि अयोध्या दर्शन गर्नेले माता सीताको जन्मस्थल जनकपुरको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले जनकपुरको प्रचारप्रसार आवश्यक रहेकोमा उनको जोड थियो ।
 
जनकपुर आउने पर्यटकलाई राम्रो सेवा दिनु हाम्रो कर्तव्य हो, त्यसमा हामी पछि पर्नु हुन्न, पटकपटक पर्यटक आउने वातावरण बनाउनका लागि जनकपुरको सरसफाइ तथा गुणस्तरीय खाना र  धर्मशालाको मर्मतसम्भार आवश्यक रहेको उनले बताए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.