logo

मुख्यमन्त्रीको अस्पताल अप्रेशनः मापदण्ड बिपरित संचालीत निजगढका ९ स्वास्थ्य संस्था बन्द

 इसीमाना सम्वाददाता     २०८१ चैत ३० गते १०: ३७ मा प्रकाशित     1021   पटक पढिएको

निजगढ। बाराको निजगढमा अनुमती बिना संलाचनामा रहेका  ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ ।

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा  ति स्वास्थ्य संस्था बन्द गरिएको हो ।


जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संसथहरु आवश्यक प्रक्रिया पुरा नगरि संचालन भएको पाइपछि  प्रदेश सरकार स्वास्थ्य सेवाको गुणस्तर र पारदर्शिता सुनिश्चित गर्न  आक्रमक रुपमा क्रियाशिल भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरका अनुसार अनुगमनमा दुई अस्पताल (निजगढ सिटी अस्पताल र जीवनदान हस्पिटल), दुई डेन्टल क्लिनिक (निजगढ डेन्टल क्लिनिक र नारायणी दन्त सेवा केन्द्र), चार फार्मेसी (मिश्रा मेडिकल सेन्टर, सम्माम फार्मेसी, मोहम्मदी मेडिसिन सेन्टर, सिद्धार्थ मेडिकल हल) र एक आँखा उपचार केन्द्र (निजगढ आँखा उपचार केन्द्र) बन्द गरिएका छन् ।


ठाकुरका अनुसार, फार्मेसी खोल्ने अनुमति लिएर अस्पताल सञ्चालन गरिएको पाइएकोले यसपटक पहिलोपटक फार्मेसी पनि बन्द गरिएको हो ।

“स्वास्थ्य सेवा जनताको ज्यानसँग जोडिएको विषय हो, त्यसमा लापरवाही सह्य हुने छैन,” ठाकुरले बताए ।

हालसम्म मधेश प्रदेशभर १६९ स्वास्थ्य संस्था अनुगमन हुँदा केवल १८ वटा मात्र मापदण्डअनुकूल भेटिएका छन् । १ सय २२ संस्थालाई बन्द गर्न निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सिंहले जनस्वास्थ्यमा गम्भीर चुनौती बनेका यस्ता अवैध स्वास्थ्य सेवा प्रदायकहरूमाथि प्रदेश सरकारले कडा कदम चाल्ने स्पष्ट सन्देश दिएका छन् । यस कदमलाई आम नागरिक र स्वास्थ्य अधिकारकर्मीहरूले स्वागत गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.