logo

पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१  भुमिहिनलाई लालपुर्जा दिन्छौः अध्यक्ष अहमद

 इसीमाना सम्बाददाता     २०८१ चैत २८ गते ०८: ४२ मा प्रकाशित     627   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदले पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१ जना भुमिहिनहरुलाई लालपुर्जा बितरण गरिने बताएका छन । 


वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साको विहिवार सम्पन्न बैठकमा उनले तीन महिने कार्ययोजना प्रस्तुत गर्दै यस्तो तबाएका हुन ।  उनले कार्ययोजनालाई अभियानको रुपमा संचालन गरिने बताए ।

 तीन महिने एक्शन प्लान नाम दिएर अभियान चलाउने गरि आयोग अगाडि बढेको उनले बताए । आयोगको बैठकलाई समबोधन गर्दै केन्द्रीय आयोगका सदस्य आरती भण्डारीले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधान गर्ने यो अन्तिम आयोग हुने बताइन ।

 उनले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधान गर्ने गरि नै आयोगले काम गरिरहेको स्पक्ष्ट पारिन ।


उनले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा बितरण गरिने बताइन ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले  दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुका लागि ऐक्सन प्लान अभियानले लालपुर्जा दिने बताए  ।

उनले आयोगले संचालन गरिरहेका अभियानमा पूर्ण सहयोग गर्नुपर्ने बताउँदै, गरिब निमुखाको हकमा काम गर्न र समस्या समाधान गर्ने तर्फ आफु अग्रसर रहेको बताए ।

 

बैठकमा सदस्य शिव नारायण राम, बिज्ञ सदस्य सन्तोष कुमार पासवान, जिल्ला समन्वय समितिको कार्यालय पर्साका प्रतिनिधि सुमित सिंह, भुमि तथा मालपोत कार्यालय पर्सा प्रमुख असोक भट्टराई, विनय श्रीवास्तव डिविजन वन कायाएलय पर्साका प्रतिनिधि  सन्दिप पटेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दिपक कुमार पटेल लगायतको सहभागिता रहेको थियो ।   । कार्यक्रमको सहजीकरण भुमि समस्या समाधान आयोग पर्साका सदस्य सचिव राकेश कुमार झाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.