logo

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छः प्रधानमन्त्री ओली

 इसीमाना सम्वाददाता     २०८१ चैत २६ गते ०५: ३७ मा प्रकाशित     464   पटक पढिएको
जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।  
 
     मधेस प्रदेशसभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताए ।
 
उनले  विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे । “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो ।
Constitution amendment at appropriate time'
यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनु पर्ने धारणा ब्यक्त गरे । 
 
 प्रधानमन्त्री ओलीले भने “सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।”
 
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पु¥याएको योगदानको प्रशंसा गरे ।
 
प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्वर भूमि, कृषिका लागि उपयुक्त चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिए  ।
 
उहाँले सुनकोशी मरिन डाइभर्सन आयोजनाले  मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए  ।
 
प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, दू्रतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए  ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको लोकतान्त्रिक संघर्ष र प्रदेशको राजनीतिक सशक्तिकरणमा भएको योगदानको सराहना गरेका छन् ।
सांसदहरुको प्रतिक्रिया, प्रणाली बचाउने त ठिकै हो, तर बचाउने ठोस नीतिगत कुराहरु आएन
मधेश प्रदेश सभाको चौथो अधिवेशनको २१औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशको ऐतिहासिक भूमिका र योगदानलाई उच्च मूल्याङ्कन गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायीत्वका लागि यो प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताए ।
 
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मधेश प्रदेशले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको भूमिकाबारे भने, ‘लामो समयको लडाइँपछि हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं । मधेश प्रदेश चेतनामा अग्रणी प्रदेशको रूपमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छ । लोकतन्त्रको रक्षामा पनि यो प्रदेश सशक्त रुपमा उभिएको छ ।’
 
उनले थपे, ‘मधेश प्रदेश संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढताका साथ उभिने विश्वास राख्दछ । यो विश्वास यस प्रदेशका जनताको बलिदान र संघर्षको प्रतीक हो ।’
 
प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन र प्राप्त उपलब्धिहरुलाई केवल राजनीतिक उपलब्धिका रुपमा सीमित नगर्न र तिनीहरुलाई जनताको बलिदान, संघर्ष र त्यागको परिणामको रुपमा हेर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, ‘जनताको संघर्ष र बलिदानबाट आएका ती उपलब्धिहरु हाम्रो साझा सम्पत्ति हुन् ।’
 
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको सेवामा समर्पित हुनुपर्छ । हाम्रो सबै प्रयासहरू देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।’ राजनीतिक अधिकारहरुको विस्तार गरेर परिपूर्ण लोकतन्त्र निर्माण गर्नु आवश्यक भएकोमा जोड दिँदै उनले यसलाई जनताको जीवनस्तर सुधारको लागि महत्वपूर्ण कदम मान्नुपर्ने बताए ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.