logo

‘जनता दर्शन’ भन्दै अध्यक्ष यादव जनताको घर दैलोमा,जनतासंग मिलेरै गर्छन छलफल

 इसीमाना सम्वाददाता     २०८१ चैत २५ गते १६: ५३ मा प्रकाशित     492   पटक पढिएको

वीरगंज ।  सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले ‘जनता दर्शन’ कार्यक्रम अन्तर्गत आइतवार वडा नं १ का सिद्धपुर, सखुवनिया, जयमंगलापुर लगायतका टोलमा पुगेर स्थानीयसँग भेटघाट गरेका छन्। उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न समस्या तथा सुझावहरू संकलन गरेका हुन्।

 

कार्यक्रमको क्रममा अध्यक्ष यादवले जनताको गुनासो र आवश्यकता बुझ्दै समस्याहरुको  समाधान गरिने प्रतिबद्धता जनाए। उनका अनुसार गाउँपालिकाभर ‘जनता दर्शन’ कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय समस्याहरूको यथासक्य चाँडो समाधान गर्ने बताए।

 

स्थानीयवासीहरूका अनुसार अध्यक्ष यादवले नियमित रूपमा गाउँघरमै पुगेर समस्या बुझ्ने र समाधानका प्रयास गर्ने कार्यलाई प्राथमिकता दिएका छन्। “हाम्रो घर–आँगनमै आउनुहुन्छ, समस्या बुझ्नुहुन्छ, योजनासमेत बनाउनुहुन्छ,” एक स्थानीय बासिन्दाले बताए।

अध्यक्ष यादवको यो पहलले स्थानीय स्तरमा जनप्रतिनिधिप्रति विश्वास बढेको देखिएको छ।

 

 जनताको चासो र सरोकारको बिषयमा जनताकै घरदैलोमा जनप्रतिनिधि पुग्दा जनताले आफनो हितमा काम गर्ने नेतृत्व रहेको अभाष गर्ने गर्छन ।जनताको दैनीकसंग एकाकार हुनु आफनो इच्छा रहेको अध्यक्ष यादव बताउछन ।

 

अध्यक्ष यादवले आफू जनता भन्दा टाढाको नभएकोले पनि जनताको दैनीकी जीवनसंग जोडिनु आफनो कर्तब्य भएको मान्दछन । 

 

जनतासंग जाँदा जनताका आवश्यकता अपेक्षाका बारेमा बुझ्न पाइन्छ उनले भने त्यो संगै पालिकाको अवस्था र क्षमता त्यसका सीमा र बन्देजका बिषयमा पनि खुलस्त कुरा हुने भएकोले जनप्रतिनिधि र जनता संगै हुनु राम्रो भएको उनको अनुभव छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.