logo

‘जनता दर्शन’ भन्दै अध्यक्ष यादव जनताको घर दैलोमा,जनतासंग मिलेरै गर्छन छलफल

 इसीमाना सम्वाददाता     २०८१ चैत २५ गते १६: ५३ मा प्रकाशित     299   पटक पढिएको

वीरगंज ।  सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले ‘जनता दर्शन’ कार्यक्रम अन्तर्गत आइतवार वडा नं १ का सिद्धपुर, सखुवनिया, जयमंगलापुर लगायतका टोलमा पुगेर स्थानीयसँग भेटघाट गरेका छन्। उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न समस्या तथा सुझावहरू संकलन गरेका हुन्।

 

कार्यक्रमको क्रममा अध्यक्ष यादवले जनताको गुनासो र आवश्यकता बुझ्दै समस्याहरुको  समाधान गरिने प्रतिबद्धता जनाए। उनका अनुसार गाउँपालिकाभर ‘जनता दर्शन’ कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय समस्याहरूको यथासक्य चाँडो समाधान गर्ने बताए।

 

स्थानीयवासीहरूका अनुसार अध्यक्ष यादवले नियमित रूपमा गाउँघरमै पुगेर समस्या बुझ्ने र समाधानका प्रयास गर्ने कार्यलाई प्राथमिकता दिएका छन्। “हाम्रो घर–आँगनमै आउनुहुन्छ, समस्या बुझ्नुहुन्छ, योजनासमेत बनाउनुहुन्छ,” एक स्थानीय बासिन्दाले बताए।

अध्यक्ष यादवको यो पहलले स्थानीय स्तरमा जनप्रतिनिधिप्रति विश्वास बढेको देखिएको छ।

 

 जनताको चासो र सरोकारको बिषयमा जनताकै घरदैलोमा जनप्रतिनिधि पुग्दा जनताले आफनो हितमा काम गर्ने नेतृत्व रहेको अभाष गर्ने गर्छन ।जनताको दैनीकसंग एकाकार हुनु आफनो इच्छा रहेको अध्यक्ष यादव बताउछन ।

 

अध्यक्ष यादवले आफू जनता भन्दा टाढाको नभएकोले पनि जनताको दैनीकी जीवनसंग जोडिनु आफनो कर्तब्य भएको मान्दछन । 

 

जनतासंग जाँदा जनताका आवश्यकता अपेक्षाका बारेमा बुझ्न पाइन्छ उनले भने त्यो संगै पालिकाको अवस्था र क्षमता त्यसका सीमा र बन्देजका बिषयमा पनि खुलस्त कुरा हुने भएकोले जनप्रतिनिधि र जनता संगै हुनु राम्रो भएको उनको अनुभव छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.