logo

वरिष्ठ पत्रकार स्वतन्त्रता सेनानी रिसालको निधन, महासंघ दुःखीत

 इसीमाना सम्वाददाता     २०८१ चैत २५ गते १३: १५ मा प्रकाशित     328   पटक पढिएको

वीरगंज । नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । 

 रिसालको उपचारका क्रममा चैत्र २४ गते आइतबार साँझ काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रण्टलाइन अस्पतालमा निधन भएको हो ।

वरिष्ठ पत्रकार रिसाल २०७७ सालसम्म नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आवद्ध रही महासंघमा सक्रिय हुनुहुन्थ्यो । यस दौरान उहाँले महासंघ भक्तपुर शाखामा सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

 उहाँलाई नेपाल पत्रकार महासंघले २०६४ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित गरेको थियो ।
 
विगत छ दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका रिसालले वि. सं. २०२० सालदेखि २०४२ सालसम्म राष्ट्रिय समाचार समितिमा काम गर्नुभएको थियो ।

उहाँले हालखबर पत्रिकामा करिव चार वर्ष काम गर्नुभएको थियो भने रेडियो सगरमाथामा कार्यक्रम सञ्चालन गनुभएको थियो ।

 स्वास्थ्य अवस्था ठीक भइरहँदा मजदुर दैनिकमा नियमित स्तम्भ लेख्दै आउनु भएका रिसाल लेखन कार्यसमेत गर्नुहुन्थ्यो । उहाँका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरवदाइ’ लगायतका पुस्तक प्रकाशित भएका थिए ।

उहाँको निधन प्रति शोक ब्यक्त गर्दै नेपाल पत्रकार महाचसंघले दुःख ब्यक्त गरेको छ ।

उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले एक जना सिद्धान्तनिष्ठ, परिपक्व, योग्य र अनुभवी पत्रकारलाई गुमाएको छ महासंघले जारी गरेको बिज्ञप्तिमा उललेख छ । 

उहाँको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ ।

 उहाँले पत्रकारिता क्षेत्रमा पुर्‍याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । स्वर्गीय रिसालका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

 महासंघले बिज्ञप्ति मार्फत शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.