logo

सर्लाहीको चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘नवाह महायज्ञ’

 इसीमाना सम्वाददाता     २०८१ चैत २३ गते ०९: १६ मा प्रकाशित     530   पटक पढिएको

बरहथवा । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ ।

 

बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिक रूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिए ।

 

महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्दै गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहेका छन । महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिए  ।

 

कथाश्रवणका लागि नजिकैका गाउँबाट सबै समुदायका सयौँ स्थानीय दैनिकजसो सहभागी भइरहेको उनले बताए । 

आयोजक समिति सदस्य देवनारायण महतोले सबैको सल्लाहबमोजिम सामाजिक सन्देश प्रवाह गर्ने गरी मन्दिरमा महायज्ञ आयोजना गरिएको बताए । भगवान र धर्मको नाममा उचनीच भेदभाव गर्न नहुने सन्देश दिन महायज्ञ सफल हुने उनको विश्वास छ । 

समितिका अर्का सदस्य रुपलाल महतोले आफ्नो समाजमा हरेक मठमन्दिरमा हुने पूजाआजामा सबैको साझा प्रतिनिधित्व रहेको बताए  ।  

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेशमा जातीय हिसाबले दलित भनेर हेपिएका दास समुदायकै युवाहरूको अगुवाईमा सुरु भएको महायज्ञले समाजमा जातका पक्षपातीलाई गतिलो जवाफ दिएको बताए  ।

 

 महायज्ञले समाजलाई एकताको सूत्रमा बाँध्ने अध्यक्ष महतोको भनाई छ । धर्मले समाजलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्छ । महायज्ञमार्फत त्यो सन्देश दिन सफल भएको उनको भनाई छ 
 । ”

महायज्ञ स्थलमा भगवान विष्णुका ५२ अवतारको प्रतिमासमेत निर्माण गरिएको छ । स्थानीय मूर्तिकार तनकी दासले उक्त मूर्ति निर्माण गर्नु भएको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक दासले बताए ।

 

गाउँका स्थानीय अगुवा तथा सामाजिक व्यक्तिहरूको सहभागितामा माना मुठी सहयोग सङ्कलन  गरेर महायज्ञ भइरहेको उनले बताए ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.