logo

सर्लाहीको चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘नवाह महायज्ञ’

 इसीमाना सम्वाददाता     २०८१ चैत २३ गते ०९: १६ मा प्रकाशित     333   पटक पढिएको

बरहथवा । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ ।

 

बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिक रूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिए ।

 

महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्दै गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहेका छन । महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिए  ।

 

कथाश्रवणका लागि नजिकैका गाउँबाट सबै समुदायका सयौँ स्थानीय दैनिकजसो सहभागी भइरहेको उनले बताए । 

आयोजक समिति सदस्य देवनारायण महतोले सबैको सल्लाहबमोजिम सामाजिक सन्देश प्रवाह गर्ने गरी मन्दिरमा महायज्ञ आयोजना गरिएको बताए । भगवान र धर्मको नाममा उचनीच भेदभाव गर्न नहुने सन्देश दिन महायज्ञ सफल हुने उनको विश्वास छ । 

समितिका अर्का सदस्य रुपलाल महतोले आफ्नो समाजमा हरेक मठमन्दिरमा हुने पूजाआजामा सबैको साझा प्रतिनिधित्व रहेको बताए  ।  

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेशमा जातीय हिसाबले दलित भनेर हेपिएका दास समुदायकै युवाहरूको अगुवाईमा सुरु भएको महायज्ञले समाजमा जातका पक्षपातीलाई गतिलो जवाफ दिएको बताए  ।

 

 महायज्ञले समाजलाई एकताको सूत्रमा बाँध्ने अध्यक्ष महतोको भनाई छ । धर्मले समाजलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्छ । महायज्ञमार्फत त्यो सन्देश दिन सफल भएको उनको भनाई छ 
 । ”

महायज्ञ स्थलमा भगवान विष्णुका ५२ अवतारको प्रतिमासमेत निर्माण गरिएको छ । स्थानीय मूर्तिकार तनकी दासले उक्त मूर्ति निर्माण गर्नु भएको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक दासले बताए ।

 

गाउँका स्थानीय अगुवा तथा सामाजिक व्यक्तिहरूको सहभागितामा माना मुठी सहयोग सङ्कलन  गरेर महायज्ञ भइरहेको उनले बताए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.