logo

फूलमती देवी प्रकरणः बिधुतीय पासो मृत्युको कारण, पक्राउ दुई बिरुद्ध कर्तब्य ज्यान मुद्धा

 इसीमाना सम्वाददाता     २०८१ चैत २२ गते १५: १० मा प्रकाशित     599   पटक पढिएको

रौतहट । रौतहटमा ८ दिन पछाडि मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बिहीवार (हिजो) वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा मृत फेला परेकी फूलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको  रौतहट प्रहरीले जानकारी दिएको छ ।


मकैबारीममा बदेलले निकै सास्ती दिएपछि मदेल मार्न बिधुतीय धराप थापिएको थियो । त्यही धरापमा परेर महिलाको ज्यान गएको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।

पक्राउ परेकाहरुले दिएको बयान अनुसार प्रवक्ता रायले यस्तो बताएका हुन । थप अनुसन्धान भने जारी नै रहेको उनले सुनाए ।

प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ । वृन्दावान नगरपालिका वडा नम्बर–१ निवासी सुशिल विक र जितेन्द्र पटेल रहेका छन् ।

तर प्रहरीले पक्राउ परेकाहरु दुबैजनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु गरेको जनाएको छ । 

नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा फुलमतिया देबीको शव फेला परेको थियो । गएको १४ गते आफ्‌नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि हिजो उनको शव फेला परेको हो ।

प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.