logo

अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेको गोदाममा राजस्वको छापा,तस्करीको कपडा रहेको आशंका

 इसीमाना सम्वाददाता     २०८१ चैत २२ गते १३: ५६ मा प्रकाशित     603   पटक पढिएको

बीरगंज । अनधिकृत ब्यापारमा ख्याती कमाएका मदन गुप्ता“ रुन्चे”द्वारा संचालीत श्री दुर्गा रोड कैरियरको गोदाममा  राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापामारी गरेको छ ।


वीरगंज भन्सार कार्यालय, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगंज उधोग वाणिज्य संघका प्रतिनिधिको समेत सहभागितामा गोदाममा छापामारी गरको हो । 


गोदाममा रहेको कपडाको लगत राजस्व अनुसन्धान कार्यालय कर्मचारीले लगेका छन । तस्करी गरेर कपडा ल्याएर राखेको आरोपमा  छापामारी गरेको सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए ।

 

गोदाममा कुर्ता सुरवाल, सुटिङ सटिङका कपडा भण्डारण गरिएको छ । भण्डारण गरिएको कपडा मध्य केहीको कागजात फेला नपरेको एक अधिकारीले बताएका छन ।

 तर एकिन तथ्यका बारेमा थप अनुसन्धान पछि भन्न सक्ने बताए । ट्रान्सपोर्टका संचालक मदन रुन्चेले भने कपडाको कागजात रहेको बताए ।

 स्रोतका अनुसार ट्रान्सपोर्टबाट राती १ बजे नै एक ट्रक माल बाहिरिएको स्रोतले जनायो । रुन्चेको गोदाममा सशस्त्र प्रहरी र राजस्व चुहाट नियन्त्रणकालागि परिचालित निकायले पटक पटक छापामारी गर्दै आइरहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.