logo

वडाध्यक्ष तमाङको स्वार्थ पुरा नभएपछि शिक्षक नियुक्तिको बिरोध, लगाइएका आरोपमा सत्यता छैनः नगरप्रमुख पाठक

 इसीमाना सम्वाददाता     २०८१ चैत २२ गते १३: १८ मा प्रकाशित     397   पटक पढिएको

पर्सागढी । पर्सागढी नगरपालिले पत्रकार सम्मेलनको आयोजना गरेर शिक्षक नियुक्तिको बिाष्यमा उठेको प्रश्नहरुको जवाफ दिएको छ ।

 वडा नम्बर–३ स्थित जनता माध्यमिक विद्यालयमा तीन जना शिक्षकको नियुक्ति गर्दा नगरप्रमुख प्रसासकीय अधिकृत, शिक्षा शाखामाथि बिभिन्न आरोप लगाइउको थियो । ति आरोपमा सत्यता नभएको नगरप्रमुख गोकर्ण पाठकले बताएका छन । 


बरु वडा नं ३ का वडाध्यक्ष सुकमान तमाङले आफनो स्वार्थ अनुसारको बिज्ञापन नभएकोले बिरोध गरेको बताइएको छ । 


शिक्षक नियुक्तिको प्रक्रियामा नगरपालिकाको भूमिका नरहेको प्रष्ट पार्दै नगरप्रमुख पाठकले  शिक्षक नियुक्तिको सम्पूर्ण प्रक्रियामा बिद्यालय ब्यवस्थापन समिति निर्णाैयक हुने बताए । उनले नियुक्ति प्रक्रिया पूरा गरि शिक्षक छनोट समितिबाट सिफारिस भए बमोजिम विद्यालयले पालिकालाई जानकारी गराउने हुनाले पालिकाको कुनै हात नरहेको स्पष्ट पारे ।


वडाध्यक्ष सुकमान तमाङले बिज्ञापन रद्ध गर्न माँग गर्दै नगरपालिकामा निवेदन दिएको तर उनको माँगको सुनवाई नभएपछि अनेकौ आरोप लगाउन थालेको बताइएको छ ।

वडा अध्यक्ष तमाङ्गले समाजिक विषयको बिज्ञापन रद्द गरि लेखा विषयको बिज्ञापन समेत गर्न दबाव दिएको र उनी अनुकुल नभएपछि बिरोध गरेको नगरप्रमुख पाठकले बताए ।

 

 जनता माविका प्रधानाध्यापक मोहन प्रसाद चौधरीले सम्मेलनमा वडा अध्यक्ष सुकमान तमाङ्गले समाजिक विषयलाई रद्द गरि लेखा बिषयको बिज्ञापन गरि विद्यालयमा करार सेवामा कार्यरत शिक्षिका सोनम चौधरीलाई नियुक्ति गर्न बारम्बार दबाव दिएको तर उनको माँग पुरा नभएपछि बिरोधको नाटक मंचान गरेको बताए ।

वडा अध्यक्ष तामाङले भने जस्तो नभएपछि बिरोधमा ओर्लिएर हाजिरी रजिस्ट्रर लगायत आवश्यक कागजपत्रहरु खोसेर लगेकोमा बुधबार मात्र विद्यालयमा ल्याएर बुझाएको पत्रकार सम्मेलनमा नगर प्रमुख पाठकले बताए ।

शिक्षा शाखा प्रमुख कपिल लामिछानेले नियम सम्बद्ध तरिकाबाट शिक्षक नियुक्ति गर्न निर्देशन दिएको र शिक्षक नियुक्ति छनोट समितिका संयोजक शिक्षा समन्वय ईकाई पर्साका अधिकृत श्याम किसोर गुप्ताको नेतृत्वमा वीरगंजको पानालाल माध्यमिक विद्यालयमा सहभागीहरुको परिक्षा लिई सामाजिक विषयमा प्रबिन्दा पन्जियार, नेपालीमा माधवराज घिमिरे, गणितमा सन्दिप चौहान नियुक्त भएको बताए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकास खनाल वडा अध्यक्षहरु कार्यपालिका सद्स्य वडा सद्स्य लगायतको सहभागी रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.