logo

जनता दर्शन गर्दै अध्यक्ष यादव टोल टोलमा,निर्माणको गुणस्तर र समयमा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

 इसीमाना सम्वाददाता     २०८१ चैत ६ गते ०८: ५१ मा प्रकाशित     770   पटक पढिएको

वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादव जनतासंग नियमित भेटघाटमा छन ।

 

उनले जनतासंघको भेटघाटको कार्यलाई “जनता दर्शन” नामाकरण दिएका छन । यसलाई निण्मित कार्यक्रमको सुचीमा राखेर उनी जनताको घरदैलोमा जाने गरेका छन । यसरी जनताको वीचमा जाँदा पहिला जनताको समस्या र गुनासो सुन्ने गरेका छन । 

May be an image of 7 people and tree
यही क्रममा यादव अहिले सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुवन मथवलका बिभिन्न टोलमा पुग्दे छन ।

 

बुधवार उनी  वडा नं १ का विभिन्न टोलहरूमा पुगेर जनता दर्शन कार्यक्रम आयोजना गर्दै नागरिकका समस्या सुनेका छन्।

May be an image of 9 people and people studying

जयमाङलापुर, गढी टोल, लामा टोल, सखुवानिया लगायतका क्षेत्रमा पुगेर उनले स्थानीयको गुनासो  सुनेका छन । कर्मचारीको टोली सहित जनताको वीचमा पुगेका अध्यक्ष यादवले जनताका गुनासोलाई तत्काल सम्बोधन गर्ने र विकास योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

 

 जनता दर्शन कार्यक्रममा सहभागी स्थानीयले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य लगायतका समस्या राखेका थिए। पालिका प्रमुख यादवले ।

May be an image of 6 people, tree and text that says 'REDMI NOTE 9 AlQUADCAMERA AI QUAD CAMERA'

जनता दर्शन संगै यादवले   नयाँ निर्माण हुन लागेका विकास योजनाहरूको स्थलगत अनुगमन पनि गर्ने गरेका छन । 

त्यसक्रममा  उनले गाउँपालिकाले नयाँ निर्माण गर्न लागेका विभिन्न योजनाको अनुगमन गरी निर्माणको गुणस्तर र समयसीमामा ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन दिने गरेका छन । 

May be an image of 7 people, motorcycle and scooter
पालिका प्रमुख यादवको यस पहलले स्थानीय नागरिकमा उत्साह थपेको छ। गाउँपालिकाले जनताको समस्यालाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई तीव्रता दिएको जनताको बुझाई छ ।

 

जनताले आफनो अध्यक्ष आफ्ने गाउँठाउमा पाउदा निकै राहतको अनुभूती गनेृ गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.