logo

जनता दर्शन गर्दै अध्यक्ष यादव टोल टोलमा,निर्माणको गुणस्तर र समयमा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

 इसीमाना सम्वाददाता     २०८१ चैत ६ गते ०८: ५१ मा प्रकाशित     1146   पटक पढिएको

वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादव जनतासंग नियमित भेटघाटमा छन ।

 

उनले जनतासंघको भेटघाटको कार्यलाई “जनता दर्शन” नामाकरण दिएका छन । यसलाई निण्मित कार्यक्रमको सुचीमा राखेर उनी जनताको घरदैलोमा जाने गरेका छन । यसरी जनताको वीचमा जाँदा पहिला जनताको समस्या र गुनासो सुन्ने गरेका छन । 

May be an image of 7 people and tree
यही क्रममा यादव अहिले सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुवन मथवलका बिभिन्न टोलमा पुग्दे छन ।

 

बुधवार उनी  वडा नं १ का विभिन्न टोलहरूमा पुगेर जनता दर्शन कार्यक्रम आयोजना गर्दै नागरिकका समस्या सुनेका छन्।

May be an image of 9 people and people studying

जयमाङलापुर, गढी टोल, लामा टोल, सखुवानिया लगायतका क्षेत्रमा पुगेर उनले स्थानीयको गुनासो  सुनेका छन । कर्मचारीको टोली सहित जनताको वीचमा पुगेका अध्यक्ष यादवले जनताका गुनासोलाई तत्काल सम्बोधन गर्ने र विकास योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

 

 जनता दर्शन कार्यक्रममा सहभागी स्थानीयले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य लगायतका समस्या राखेका थिए। पालिका प्रमुख यादवले ।

May be an image of 6 people, tree and text that says 'REDMI NOTE 9 AlQUADCAMERA AI QUAD CAMERA'

जनता दर्शन संगै यादवले   नयाँ निर्माण हुन लागेका विकास योजनाहरूको स्थलगत अनुगमन पनि गर्ने गरेका छन । 

त्यसक्रममा  उनले गाउँपालिकाले नयाँ निर्माण गर्न लागेका विभिन्न योजनाको अनुगमन गरी निर्माणको गुणस्तर र समयसीमामा ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन दिने गरेका छन । 

May be an image of 7 people, motorcycle and scooter
पालिका प्रमुख यादवको यस पहलले स्थानीय नागरिकमा उत्साह थपेको छ। गाउँपालिकाले जनताको समस्यालाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई तीव्रता दिएको जनताको बुझाई छ ।

 

जनताले आफनो अध्यक्ष आफ्ने गाउँठाउमा पाउदा निकै राहतको अनुभूती गनेृ गरेका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.