logo

मर्यादित रुपमा  होली पर्व मनाउन पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको अपिल

 इसीमाना सम्वाददाता     २०८१ फागुन २७ गते ०८: १३ मा प्रकाशित     532   पटक पढिएको

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मर्यादित तरिकाले होली पर्व मनाउन सर्वसाधारणमा अपील गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले यस्तो आग्रह गरेको हो ।

होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग लगाउने, जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृङ्खल व्यवहार गर्नेकार्य कानुनविपरीत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा  जारी  विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमार्फत सिडिओ अर्यालले भनेका छन्, ‘सामाजिक र सांस्कृतिक मर्यादाविपरीत यस्ता कार्य नगर्नु, नगराउनु अनुरोध छ, मर्यादित होली पर्व मनाउनु होला ।

 

यदि कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।’

यसको साथै सर्वसाधारणलाई असर पर्ने चर्को आवाजमा डिजे नबजाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यसले सर्वसधाधारणको दैनिकी प्रभावित हुने भएकाले त्यस्ता गतिविधि नगर्न जारी विज्ञप्तिमार्फत अपील गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.