logo

सात दिन भित्र विवरण बुझाउन तीन मन्दीरलाई  महानगरको पत्र

 इसीमाना सम्वाददाता     २०८१ फागुन २१ गते ०९: ०९ मा प्रकाशित     505   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाले बीरगंज भित्र रहेका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको छ ।

पत्रमा मन्दिर तथा धार्मिक स्थलहरूको सञ्चालक समिति गठन प्रक्रिया, समितिको विस्तृत विवरण, मन्दिर दर्ताको प्रमाणपत्र, दर्ता भएको निकाय, मन्दिरको विधान, आम्दानीरखर्च विवरण, बैंक स्टेटमेन्ट, खाता नम्बर र सम्बन्धित बैंकको नाम पेश गर्न भनिएको छ ।


महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार, धार्मिक सम्पदाहरूको पारदर्शी व्यवस्थापनका लागि महानगरले विशेष ऐन समेत तयार पारेको छ ।

 

 उनका अनुसार, गहवामाई मन्दिर, महावीर मन्दिर, गीता मन्दिर लगायतका प्रमुख धार्मिक केन्द्रहरूमा पत्र पठाइएको छ भने अन्य धार्मिक स्थलहरूको विवरण संकलनको तयारी भइरहेको छ ।


यो कदमले वीरगंजका धार्मिक स्थलहरूलाई आर्थिक र प्रशासनिक रूपमा व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, श्रद्धालुहरूको विश्वासलाई मजबुत बनाउँदै धार्मिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने महानगरको योजना रहेको छ। 

यस अघि बीरगंज महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धार्मिक केन्द्रहरूको सञ्चालनमा पारदर्शिता नभएको र आर्थिक व्यवस्थापनमा अनियमितता हुनसक्ने आशंका ब्यक्त गरेका थिए । सिंहको सामाजिक संजालको अभिब्यक्ति पछि महानगरले पत्राचार गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.