logo

सप्तरीको मलेठको एक गोदाममा स्थाीय प्रशासनको छापा,२४ क्वीन्टल १९ किलो  गाँजा बरामद, चार जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ फागुन १९ गते ०९: ०१ मा प्रकाशित     621   पटक पढिएको

राजबिराज । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित एक गोदामबाट २४ क्वीन्टल १९ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले ४ जनालाई फक्राउ गरेको छ । 


पक्राउ पर्नेमा गाँज लोड गरिएको ना ५ ख ५९५१ नम्बरको ट्रकका चालक सप्तरीको खडक नगरपालिका १० का देव नारायण पासवान, मजदुर भारतीय नागरिक २० वर्षिय राज कुमार साह, १९ वर्षिय असलम खान र गोदामका चौकीदार ६५ बर्षिय राम नारायण जादे रहेका छन ।


गोदामबाट गाँजासहित ३ लाख ३९ हजार २० रुपैयाँ  मुल्यका १ सय ४२ कार्टुन स्याउ, १८ लाख ३१ हजार ५ सय मुल्यको कपडा,१९ हजार मुल्य बराबरको चिनी, ८४ हजार ५ सय बराबरको धाराको टुटी, २ वटा ट्रक, भारतीय नम्बर प्लेटका स्कारपिओ १ , कार १ बरामद भएको प्रहरीले जनाएको छ । 


गाँजा सहित  गोदामका चौकीदार जादेलाई नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाएको तथा सवारी साधनसहित चालक र मजदुरलाई आवश्यक कारबाहीको लागि तिलाठी भन्सार कार्यालयको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । 

 शंका लागेर चेकजाँच गर्दा गाँजासहितको उक्त अबैध सामान फेला परेको एसपी खतिवडाले बताए । गोदाम नजिकैको एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गर्दा स्याउ गोदाममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । 


प्रहरीले गोदाम सञ्चालकलाई बोलाउदा  उनी नआएपछि गोदाम फोरेर हेर्दा भित्र गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार ८० भन्दा बढी बोरामा गाँजा राखिएको थियो ।

गोदामको सञ्चालकबारे जानकारी प्राप्त नभएकोले भोली जग्गाको धनी खोज्ने काम मालपोत तथा नापी कार्यालयबाट गरिने सप्तरी प्रहरीले जनाएको छ ।

मालपोत तथा नापी कार्यालयबाट जग्गाधनीको विवरण आइसकेपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने सप्तरी प्रहरी प्रमुख खतिवडा बताउँछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.