logo

माफियाले देशलाई बन्धक बनाएर हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन्ः पूर्व राज्यमन्त्री अन्सारी

 इसीमाना सम्वाददाता     २०८१ फागुन १५ गते ०६: २७ मा प्रकाशित     601   पटक पढिएको

वीरगञ्ज । सिमेन्टमा गरिएको कार्टेलिङ विरूद्ध नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्यको नेतृत्वमा आज वीरगञ्जमा सृजनात्मक प्रर्दशन गरेका छन ।

आफूले उठाएको मुद्धा जनताले सहजै बुझन सकुन भन्ने उद्धेश्यका साथ उनले प्रर्दशनमा सृजनात्मकता थप्ने गरेका छन ।

नेपाली सिमेन्ट भारतमा निर्यात हुदा २ सय ८० रुपैयाँमा हुन्छ तर नेपाली ग्राहकले  भने त्यही सिमेन्टको  ८ सय रुपैयाँ तिर्नु परिरहेको अवस्थालाई उनले मुद्धाको रुपा उठाएका छन ।

May be an image of 4 people, temple and textप्रर्दशनमा गुन्जीएका नारा सुन्ने जो कोहीले पनि उनको मुद्धाको बिषयमा सजिलै संग बुझन सक्छन ।

 मूल्य बढेको बढेयै, हामी हेरेको हेरेयै,‘सिमेन्ट माफिया खबरदार, यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’ ‘मूल्य बढेको बढै–हामी हेरेको हेर्‍यै, माफिया पालक मुर्दावाद, भोका जनता सडकमा, सरकार तडकभडकमा । यि यस्ता नाराहरु हुन जो अहिलेको नेपाली संगीत क्षेत्रका निकै चर्चा कमाएका र जनजिब्रोमा बस्न सफल गीतहरुको लयमा सृजना गरिएको थियो ।


सिमेन्टको बारोको ड्रेस बनाएर प्रर्दशनमा उत्रिएका मधेश प्रदेशका पूर्व राज्यमन्त्री सहितका उनका सर्मथकहरुले मूल्य बढेको बढेयै, हामी हेरेको हेरेयै, राज्य डुब्दैछ पूरै, राज्य हेरेको हेरेयै, लगायतका नारा लेखिएको प्लेकार्ड सहित वीरगञ्जको घण्टाघरबाट शुरू भएको विरोध प्रदर्शन मुख्य चोक माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कोणसभामा बोल्दै पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता अन्सारीले निर्माण क्षेत्र ठप्प भएर सिमेन्टको माग पनि बजारमा छैन तरपनि सिमेण्टको मूल्य बढाएको र सरकार मुकदर्शक बनेको बताए ।

यो देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाएर राखेका छन् । उनीहरूले हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन् उनले भने“ अब माफियाहरूलाई तह लगाउने समय आएको हुँदा एक भएर हातेमालो गर्न गरौ” । बिहीबारको प्रदर्शन कुनै आन्दोलन नभएर आन्दोलनको बिगुल फुकेको उनले बताए ।

May be an image of ‎5 people, crowd and ‎text that says '‎मुल्यदेछधरे ्देछ मुल्य ददेछघरे सरक डकोहेरे हेरै उरको อีดา ONGSHI nohakbunchi DPC CEHENT しい A3T TAPDE मल्य सरकार बददेक 力度 あ កររាង់ दितछनधेरे 小御 OI ।ंवोत्ृष संवोत्तन सेले DPCA हेरकी 耐油味 عي‎'‎‎
अन्सारीले सिमेण्ट उद्योगहरुले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दिएका थिए  । त्यसमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.