logo

मधेशका गृहमन्त्री एक्शनमा,अपराधी जोगाउने आफनै पार्टीका नेता कार्यकर्ताले पनि उन्मुक्ति पाउदैननः गृहमन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ९ गते १४: १० मा प्रकाशित     528   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बलात्कारीलाई संरक्षण गर्ने काममा लाग्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन । 

image-10-1024x571.png
मन्त्रालयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री लेखीले यस्तो बताएका हुन । सिराह जिल्लाको नवराजपुर गाउँपालिकामा उक बालिकाको बलात्कार पछि शंकास्पद मृत्यु भएको घटनाका दोषीलाई संरक्षण गर्न स्थानीय अगुवाहरु नै लागेको पाइएपछि गृहमन्त्री लेखी आक्रमक रुपमा प्रस्तुत भएका छन । 


मन्त्री लेखीले स्थानीय प्रशासक सहित पीडितको घरमा पुगेर उनीहरुको गुनासो सुनेका छन । पीडित परिवारले न्यायकालागि गरेको आग्रहलाई मन्त्री लेखीले गम्भिरता पूर्वक लिएका छन ।

 

 उनले अपराधी जोगाउने काममा आफनै पार्टीका नेता कार्यकर्ता लागेको भएपनि उनीहरुले उन्मुक्ति नपाउने बताएका छन ।


रिंकु सदा बलात्ककार प्रकरणमा बलात्कारको आरोप लागेकाहरुलाई बचाउन स्थानीय सामाजिक अगुवाले दुई लाखमा सौदा गरेको कुरालाई मन्त्री लेखीले अक्षम्य भनेका छन ।

समाजले न्यायकालागि काम गर्नु पर्नेमा अन्यायीहरुलाई संरक्षणमा लिप्त हुनु सभ्य समाजकालागि कलंक हुने उनले बताए । 

 

बलात्कार र हत्या जघन्य अपराध हो मन्त्री लेखीले भने “  यस्तो जघन्य अपराधिक घटना मिलाउन, पञ्चायती गरि लाख दुई लाख लिएर चुप लाग भनेर पीडितलाई दवाव दिनु सर्वथा अनुचीत रहेको छ” ।

उनले घटनाका बारेमा सत्य तथ्य सूचना दिनु पर्ने नागरिक दायित्वबाट स्थानीयहरु चुकेको बताएका छन । अपराधीक घटना लुकाउन स्थानीयहरु पनि लागेको देखियो मन्त्री लेखीले भने “मानव अधिकार पत्रकार सुरक्षा निकायलाई घटनाको बारेमा सूचना दिनु पर्नेमा प्रहरीलाई मिलाएर घटना स्थानीय रुपमै सामसुम पार्नु खोज्नुले समाज पथभ्रष्ट  भएको बताए ” ।

 

मन्त्री लेखीले जसले जसरी अपराधी जोगाउने प्रयास गरे पनि त्यो सफल नहुने ठोकुवा गरे । उनले आरोपीतलाई  जोगाउन शक्तिको दुरुपयोग गर्न खोज्ने पंचहरुलाई समेत कानुनको दायरामा ल्याइने बताए। मन्त्री लेखीले सामाजिक न्यायकालागि कसैसंग सम्झौता नहुने बताउदै  पीडितले न्यायको अनुभूती गर्ने वतावरण बनाइने बताए । 


मन्त्री लेखी संगै रहेका मधेश प्रदेशका प्रहरी प्रमुख लालमणी आचार्यले प्रहरी निरिक्षकको नेतृत्वमा एक विशेष टोली खटाइएको र छिट्टै अपराधी सम्म पुग्ने गरि काम भइरहेको बताए ।

उनले  छिट्टै अपराधी सहित प्रहरी उपस्थित हुने बताए । आचार्यले अपहरण पछि सामुहिक बलात्कार गरेको घटनालाई ढाकछोप गरि पंचायती गरि मिलापत्र गर्न दवाब शृजना गर्ने ८ जना बिरुद्द उजुरी दर्ता भएको बताए ।  

 

अपहरण गरि सामुहिक बलत्कार गरि हत्या गरेको घटनालाई पंचायती गरि मिलापत्र तथा लेनदेन गर्न खोजेको कसुरमा पुरक मुद्दा दायर गरिएको र आरोपित हरुको खोजी कार्य भइरहेको आचार्यले बताए । 


 पत्रकार सम्मेलनमा गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्वव प्रसाद रिजाल सहितको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.