logo

सामुहिक बलात्कार पीडित सदाको घरमा प्रशासक सहित पुगे गृहमन्त्री लेखी, भन्छन दोषीलाई जोगाउने कुनै प्रपन्च सफल हुदैन

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते ०४: ५३ मा प्रकाशित     539   पटक पढिएको

सिराहा ।  मधेश प्रदेशका गृह संचार तथा  कानून मन्त्री राजकुमार लेखीसंग  जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको परिवारले गुनासो गरेका छन । 


मन्त्री  लेखीको नेतृत्वमा पीडितको घरमा पुगेका प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख समक्ष पीडित परिवारले आफ्नो गुनासो राखेका हुन । 

गत माघ २६ गते बेलुका ९ बजेतिर शौच गर्न निस्किएकी सदा ६ घण्टापछि मात्र फर्किएकी थिइन ।

May be an image of 10 people

 उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन । त्यसरी फर्किएकी सदाले आफू बलात्कारमा परेको कुरा परिवारलाई बताएकी थिइन ।

परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको बताएकी थिइन् ।

 

 ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

 

सदा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला उनकै टिनको घरमा परेको थियो ।

२९ माघमा बलात्कारको घटना दवाउनकालागि गाउँमा पंचायती समेत बसेको थियो । पंचायती बसेको कुरा सिराह प्रहरीलाई पनि जानकारी रहेको स्रोतको भनाई छ । पंचायती बसेकाहरु र बलात्कारका आरोपीहरु सबै फरार रहेका छन ।

 

 स्थानीय प्रहरी प्रशासन सहित पीडितको घर पुगेका मन्त्री लेखीले दोषीलाई उम्कन नदिने प्रतिवद्धता जनाएका छन । उनले पीडितले उन्मुक्ति पाउने  गरि कुनै काम नहुने बताए ।

 

मन्त्री लेखीले स्थानीय सरकार, स्थानीय समाजसेवी र जनप्रतिनिधिलाई घटनाको सत्य तथ्य के हो सोको बारेमा जानकारी दिन समेत आग्रह गरेका छन । 


उनले घटनाका दोषीलाई जोगाउन जुन सकै प्रपन्च रचे पनि त्यसले सफलता नपाउने भन्दै दोषीलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन ।

 

उनले प्रहरी प्रशासलाई समेत घटनाको निष्पक्षतापुर्वक अनुसन्धान गर्न र दोषीलाई कानुनी कारावाहीको दायरामा ल्याउन गम्भिरत पूर्वक लाग्न निर्देशन दिएका छन । 

 

 

 

 

 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.