logo

सामुहिक बलात्कार पीडित सदाको घरमा प्रशासक सहित पुगे गृहमन्त्री लेखी, भन्छन दोषीलाई जोगाउने कुनै प्रपन्च सफल हुदैन

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते ०४: ५३ मा प्रकाशित     668   पटक पढिएको

सिराहा ।  मधेश प्रदेशका गृह संचार तथा  कानून मन्त्री राजकुमार लेखीसंग  जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको परिवारले गुनासो गरेका छन । 


मन्त्री  लेखीको नेतृत्वमा पीडितको घरमा पुगेका प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख समक्ष पीडित परिवारले आफ्नो गुनासो राखेका हुन । 

गत माघ २६ गते बेलुका ९ बजेतिर शौच गर्न निस्किएकी सदा ६ घण्टापछि मात्र फर्किएकी थिइन ।

May be an image of 10 people

 उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन । त्यसरी फर्किएकी सदाले आफू बलात्कारमा परेको कुरा परिवारलाई बताएकी थिइन ।

परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको बताएकी थिइन् ।

 

 ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

 

सदा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला उनकै टिनको घरमा परेको थियो ।

२९ माघमा बलात्कारको घटना दवाउनकालागि गाउँमा पंचायती समेत बसेको थियो । पंचायती बसेको कुरा सिराह प्रहरीलाई पनि जानकारी रहेको स्रोतको भनाई छ । पंचायती बसेकाहरु र बलात्कारका आरोपीहरु सबै फरार रहेका छन ।

 

 स्थानीय प्रहरी प्रशासन सहित पीडितको घर पुगेका मन्त्री लेखीले दोषीलाई उम्कन नदिने प्रतिवद्धता जनाएका छन । उनले पीडितले उन्मुक्ति पाउने  गरि कुनै काम नहुने बताए ।

 

मन्त्री लेखीले स्थानीय सरकार, स्थानीय समाजसेवी र जनप्रतिनिधिलाई घटनाको सत्य तथ्य के हो सोको बारेमा जानकारी दिन समेत आग्रह गरेका छन । 


उनले घटनाका दोषीलाई जोगाउन जुन सकै प्रपन्च रचे पनि त्यसले सफलता नपाउने भन्दै दोषीलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन ।

 

उनले प्रहरी प्रशासलाई समेत घटनाको निष्पक्षतापुर्वक अनुसन्धान गर्न र दोषीलाई कानुनी कारावाहीको दायरामा ल्याउन गम्भिरत पूर्वक लाग्न निर्देशन दिएका छन । 

 

 

 

 

 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.