logo

श्रीमतीको हत्यागरि फरार रहेका श्रीमान पाँच वर्षपछि गिरफ्तार

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते ०१: ३२ मा प्रकाशित     214   पटक पढिएको

राजविराज । आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका एक जना व्यक्तिलाई सप्तरी प्रहरीले ५ बर्ष पछी पक्राउ गरेको छ  ।


 पक्राउ पर्नेमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं.२ वस्ने सन्तोष साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


 प्रहरीका अनुसार साहले आफ्नी श्रीमती गायत्री कुमारी साहलाई ०७६ सालको चैत्र ६ गते राती मरणासन्न हुने गरि कुटपिट गरि घर नजिकै रहेको पुर्व पश्चिम राजमार्ग देखि करिब ४ सय मिटर उत्तर तर्फ फालेर फरार भएका थिए ।

घटना भएको भोलि पल्ट बिहान साढे ५ बजेको समयमा सोही ठाउँका स्थानीय तथा आफन्तले गायत्रीलाई गम्भीर अवस्थामा फेला पारी उपचारको लागि यूनिक अस्पतालमा भर्ना गरेकोमा सोही दिन उपचारको क्रममा उनकोको मृत्यु भएको थियो ।

सन्तोष र मृतक गायत्रीको बिवाह भएको करिब  ९ महिना मात्रै भएको थियो ।  श्रीमान् श्रीमतीबीच पटक पटक विवाद भई झैझगडा हुँदै आएको प्रहरीको भनाई छ ।

सप्तरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा सन्तोष साहका विरुद्ध मुद्दा  दर्ता गरी कारवाही चलाएको थियो ।  

सप्तरी जिल्ला अदालत राजविराजबाट दिन ३  को म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

ठोरीका कर्मचारीको पक्षमा पालिका अध्यक्ष श्रेष्ठ,सामाजिक संजालमा राखिएका आधारहिन पोष्ट बारे कानूनी बाटो अपनाइने

ठोरी ।ठोरी गाउँपालिकाका कर्मचारीको चरित्र हत्या गर्ने मनसायले  सामाजिक संजालमा पोष्ट गरिएका भ्रामक तथा आधारहीन  बिषय प्रति ठोरी गाउँपालिकाले आफ्नो असहमती सार्वजनीक गरेको छ ।

प्रहरी नायव निरिक्षक यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

बागमती । इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायबनिरिक्षक सभाष यादव   ‘बेस्ट पुलिस अफ द मन्थ’ भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.