logo

मध्यरातमा बीरगंजका क्यासिनोमा मुख्यमन्त्रीको छापा, एक नेपाली पक्राउ, नियामक निकायहरुको  निष्ठा उदागिंयो

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते ०१: १४ मा प्रकाशित     600   पटक पढिएको

वीरगन्ज ।नेपालीहरुलाई जुवा खेलाएर बिल्लीवाँठ बनाउदै आएका बीरगंजका केही क्यासिनोमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मध्य रातमा अनुगमन गरेका छन । 


उनले अनुगमन गर्दा क्यासिनोका जुवाखालबाट एक नेपाली समेत पक्राउ परेका छन ।

नेपालहरुले निर्वाध प्रवेश पाएर जुवा खेल्ने गरेको कुरा संचार माध्यममा पटक पटक प्रकाशमा आएपनि क्यासिनोको संचालनलाई कानून सम्मत बनाउने अधिकार पाएका निकायहरु मौन थिए ।

आर्थिक नजरानाका कारण मौन बस्दै आएका नियामक निकायहरुको सुशासन र निष्ठालाई मुख्यमन्त्री सिंहको छापामारीले उदांगो बनाइएदिएको छ । 


वीरगन्जको होटल दियालो लड्र्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका हुन् । नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न प्रवेश निषेध रहेको छ।

तर यहाको क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक संकटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिंहले क्यासिनो अनुगमन गरेका हुन ।

 

 क्यासिनोबाट एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

 

पछिल्लो एक महिनाको ग्राहकको इन्ट्री विवरण, सिसिटिभी क्यामेराको फुटेज, ग्राहकको विवरण लगायतका कागजात मुख्यमन्त्री कार्यालयमा पेस गर्न क्यासिनो संचालकलाई मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन । 


उनले सुरक्षा लगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । वीरगन्जमा   हालः कूल चारवटा होटलमा क्यासिनो सञ्चालनमा रहेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.