logo

कलश एण्ड क्याटलका संचालक लापत्ता, भकाभक गाई मर्न थाले, टुलुटुलु हेरेर नवस्ने पालिका अध्यक्ष श्रेष्ठको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ५ गते १०: २९ मा प्रकाशित     257   पटक पढिएको

बीरगंज । पर्साको ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरमा रहेको कलश एण्ड क्याटल फार्मिङमा रहेका गाईहरु दानापानी अभावमा मर्न बाध्य भएका छन ।

फार्मिङ्गमा १ सय ५० गाई र १ सय ५० बाच्छी गरि ३ सय गाई रहेका छन । हिजो मात्र एउटा गाई मर्यो स्थानीय हरि चौलागाईले भने अ । 


गाई मर्न थाले पछि  सोमवार गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक रन्जित तामाङ, ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन लगायतलाई लिएर फार्मको निरीक्षण गरेका थिए । । 

सुवर्णपुरको १३ बिघा जमिनमा १५ सय गाई अट्ने स्वचालित फार्म गाइको मृत्यु केन्द्र बन्दै गएको छ । कुनै समय देशभर नै चर्चामा रहेको गाई फार्ममा गाईको स्याहारसुसार र आहारा नहुँदा दिनप्रतिदिन गाइ मर्दै गईरहेको स्थानीयले बताएका छन् ।

फार्ममा गाइलाई पिउने पानीको समेत अभाव भएको छ । पानी र घाँस पराल नपाएर गाई दिनप्रतिदिन मर्दै गैरहेको स्थानीय बासी बताउँछन् । 

खाना नपाएर गाइ भोकै मर्न थालेको गुनासो आएपछि आज ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ सहितको जनप्रतिनिधि र प्रहरीको टोलीले उक्त गाई फार्मको निरीक्षण गरेका छन् । अझै एकसाता यस्तै अवस्था रहे गाई फार्ममा कुनै पनि गाई बाँच्ने अवस्था नरहेको पालिका अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले फार्मको अवस्था बारे सन्चालकलाई जानकारी गराउँदा गैरजिम्मेवार जवाफ आएको बताउँदै अब आफुले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

उनले भने, ‘यस्तो विजोग हेरेर बस्न सकिदैंन, पराल छैन, दाना छैन, पानी समेत छैन, तोरीको कुसौरा छरेर राखेको छ ।’ अब तत्काल फार्मको गाइ किसानलाई पाल्न दिने र पछि सन्चालक खोज्न आएमा पालेको पैसा लिएर फिर्ता गर्ने शर्तमा गाइै बचाउने सोचमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

 प्रतिदिन ३० हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेर सञ्चालन भएको सो गाई फार्मले १२ लाख भन्दा धेरै विद्युत वक्यौता तिर्न बाँकी भएपछि लाइन काटिएको छ ।विद्युत आपूर्ति बन्द हुँदा पानी समेत छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.