logo

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको रिपोर्ट,कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी र पटेर्वा मधेशमै पहिलो र दोश्रो स्थानमा

 इसीमाना सम्वाददाता     २०८१ फागुन २ गते १६: ४५ मा प्रकाशित     446   पटक पढिएको

वीरगन्ज । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी गाउँपालिकाले उच्च अंक हासिल गरेको छ । 

 

ठोरी गाउँपालिकाले ७१.२ प्रतिशत अंक प्राप्त गरि मधेश प्रदेशमा भने पहिलो सथान हासिल गर्न सफल भएको हो । यस अघि पनि ठोरी पर्सा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । 


कार्यसम्पादन मूल्याकंनकालागि ३० वटा मापदण्डमा १ सय पूर्णङ्क तोकिएको छ । ठोरी गाउँपालिकाले ७१।१ अंक प्राप्त गरि उच्च स्थान हासिल गरेको हो ।

 

मापदण्डमा असार १० भित्र साधारण सभा गरेको , असार मसान्त बजेट , नीति तथा कार्यक्रम पारित गरेको  , घर जग्गा रजिष्ट्रेशन तथा मनोरन्जन करको प्रदेश कोषमा दाखिला , आय व्यय प्रक्षेपण गरिएको  तथ्याङ् सहितको बिवरण मन्त्रालयमा पेश भएको , राजस्व संकलनको प्रक्षेपीत लक्ष्य, संकलनको जास्तविक तथ्यांक,लेखा परिक्षण ,गर्भवती महिलाको संख्या , ४ पटक चेकचाँज गर्ने महिलाको संख्या सहितका २९ वटा सूचकहरु राखिएका छन ।

ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले मधेश प्रदेशकै प्रथम पालिका बनाउने गरि सफलता प्राप्त भएकोमा खुशी ब्यक्त गरेका छन ।

 

उनले अहोरात्र काममा खटिने ठोरी गाउँपालिकाका सबै शाखाका कर्मचारी, प्राप्त उपलब्धिलाई निकै मेहनतका साथ ब्यवस्थित गर्दै सम्बन्धित निकायमा समयमै उपलब्ध गराउने सुचना प्रविधि अधिकृत लगायत कार्य सम्पादनमा सहयोग पुर्‍याउनुहुने  उपप्रमुख सहित सबै जनप्रतिनिधिहरुलाई  बधाई संगै धन्यवाद दिएका छन ।

 

 आगामी बर्षहरुमा पनि उत्साहित भएर कार्य अघि बढाउन कर्मचारी, तथा अन्य जनप्रतिनिधिलाई अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले ठोरीले प्राप्त गरेको उपलब्धिले काम गर्ने जोश जागर अझ बढेको बताए । ।

यसैगरि कार्यसम्पादन मूल्यांकनमा पर्साकै पटेर्वा सुगौली गाउँपालिका दोश्रो भएको छ । पटेर्वा सुगौलीले ६३.५ अंक प्राप्त गरि दोश्रो भएको हो ।

 

 त्यस्तै बाारको प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिका प्रथम र दोश्रो भएका छन । मधेश प्रदेशमै पनि परवानीपुर तेश्रो र परवानीपुर गाउँपालिका चौथो भएको हो । प्रसौनीले ६२.४ र परवानीपुर गाउँपालिका ६१.५ अंक प्राप्त गरेको छ ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले यो सफलता पप्त गर्नकालागि क्रियाशिल उपप्रमुख सहितका सबै जन प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेका सबै कर्मचारी र पालिकाको अभियान योजनामा सहभागी सबै नागरिकमा बधाई ज्ञापन गरेका छन ।

 

उनले आउने दिन थप सफलता पाउने गरि काम गर्ने हौसला प्राप्त भएको बताएका छन । उनले आफनो दायित्व नागरिक आवश्यकता र अपेक्षालाई पुरा गर्ने तर्फ केन्द्रीत हुने फेरी दोहर्याएका छन । 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ वडाध्यक्ष बिजय गैरेले पनि आफनो गाउँपालिका मधेशमै दोश्रो भएकोमा खुशी ब्यक्त गरेका छन । उनले सामाजिक संजालबाट 

अति मेहनत गरि यहा सम्म पुर्याउन नेतृत्वदायी भुमिका निर्बाह गर्नुहुने पालिका प्रमुख उप प्रमुख ,कार्यपालिका सद्स्य ,शाखा प्रमुख ,गाउ सभा सदस्य सम्पुर्ण कर्मचारी लगायतलाइ हार्दिक बधाइ तथा धन्यवाद ब्यक्त गर्दै पालिकाले सेवा प्रबाह गर्ने कुरामा अझ राम्रो गर्दै जाने कुरामा प्रतिबद्द्ता समेत जाहेर गर्दछौ भनेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.