logo

प्रहरीलाई कानून बमोजीम जनताको काम छिटो छरितो गर्न  डिआइजी  आचार्यको निर्देशन

 इसीमाना सम्वाददाता     २०८१ माघ २६ गते १५: २७ मा प्रकाशित     410   पटक पढिएको

वीरगन्ज ।नेपाल प्रहरीको मधेस प्रदेशका  डिआइजी लालमणि आचार्यले प्रहरीलाई कानून बमोजीम जनताको काम छिटो छरितो गर्न निर्देशन दिएका छन ।

 पर्साको ठोरी गाउँपालिकाको ठोरीमा रहेको इलाका प्रहरी कार्यालयको स्थलगत निरिक्षण गर्ने क्रममा उनले त्यहाका प्रहरी कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन । 


उनले गैर कानूनी गतिबिधि नियन्त्रण गर्न प्रहरीलाई अझ बढी क्रियाशिल हुन निर्देशन दिए । उनले अनधिकृत कारोवार लागू औषधको ओसार पसार लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्नकालागि प्रहरीले सफलता पाउन आवश्यक रहेको बताए ।

डिआइजी आचार्यले शनिबार विहान इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण क्रममा स्थानीय प्रहरीको काम कारबाही र बसोबासको अवस्थाबारे निरीक्षण गरेका थिए । 

उनका अनुसार संगठनको नीति अनुसार स्थानीय प्रहरी कसरी चलेको छ, त्यसबारे निरीक्षण तथा स्थानीयसंग भेटघाट गरिएको हो ।

निरीक्षणका क्रममा ठोरी इप्रका नजिकका स्थानीयसंग प्रहरीको कामकारबाहीबारे सोधपुछ समेत गरिएको डिआइजी आचार्य बताउँछन् । उनका अनुसार सोधपुछका क्रममा स्थानीयले प्रहरीको कामकारबाही प्रशंसा योग्य रहेको सुनाएका छन् ।


ठोरीमा इलाका प्रहरी कार्यालयसंग भवनको समस्या रहेकोले सोही अवस्थाबारे अवलोकन गर्न टोली आएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।


उनका अनुसार प्रदेश सरकारबाट भवन निर्माणका लागि बजेट आउन लागेको हो, सोहीका लागि निरीक्षण गरिएका हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.