logo

दशदिन देखी बेपत्ता बालक चौधरी मृत अवस्थामा फेला परे

 इसीमाना सम्वाददाता     २०८१ माघ २६ गते १५: ०१ मा प्रकाशित     315   पटक पढिएको

बारा । बारा सिमराबाट हराइरहेका बालक आज मृत फेला परेका छन् ।

१० दिनदेखि घर अगाडिबाट बेपत्ता भएका अंश चौधरी शनिबार दिउँसो मृत फेला परेको बारा प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ र बाराको ७ नम्बरको सीमामा बालक  चौधरी मृत फेला परेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी शुभद्रा लामाले बताइन ।

  वीरगन्ज महानगरको ३२ नम्बर वडा कार्यालय नजिकको खोल्सामा चौधरीको शव फेला परेको उनले बताइन । 

हुलिया र अवस्थाले बालक चौधरी नै रहेको प्रहरी आंकलन भएपनि पुष्टि गर्ने काम अझ भइरहेको सिमरा प्रहरीले जानकारी दिएको छ ।

 गएको १७ गते सिमरास्थित मामाघार अगाडिबाट बालक चौधरी बेपत्ता भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.