logo

भूमिहीन दलित र सुकुम्बासीका समस्या आफ्नै पालामा समाधान गर्ने अध्यक्ष अहमदको प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८१ माघ २२ गते ०९: ४३ मा प्रकाशित     420   पटक पढिएको

वीरगञ्ज । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा मंगलवार पर्साका दलित अगुवा एवम् अधिकारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ ।

भूमि समस्या समाधान आयोग पर्साले वास्तविक समस्या र समस्याको समाधानका विषयमा दलित अगुवासँग अन्तरक्रिया तथा छलफल गरेको हो । 

जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई आयोगले जग्गा वितरण गर्दा कुनै पनि प्रकारको दबाब वा प्रभाव पर्न नपर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “भूमि सम्बन्धी समस्या भूइँ मान्छेको, गरिबको र दलितको समस्या हो । त्यसैले हामी सबै जिम्मेवारपूर्वक लागौ । पर्सा जिल्लामा हामीले निष्पक्ष रूपमा काम गर्छौं, ढुक्क रहनुहोस् ।” 

१८ औँ पटक गठन भएको भूमि समस्या समाधान आयोग अब १९ औँ पटक गठन गर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले आग्रह गरे ।

 साथै यही समितिले भूमि सम्बन्धी समस्या समाधान गर्ने उनको विश्वास छ । समस्या समाधानका लागि आयोगले जग्गा वितरण र व्यवस्थापनका लागि अपनाएका प्रक्रिया तथा मापदण्डका विषयमा दलित अगुवा तथा अधिकारकर्मीहरूलाई सही सूचना प्रवाह गर्न आग्रह गरे ।


भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पनि आफ्नै पालामा समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । विगतमा जे जति भएपनि अब आफ्नो पालामा तिव्र गतिमा काम हुने उनले दाबी गरे ।

आयोगको अध्यक्षमा पुनः नियुक्ती पाएसँगै आफुले सबैभन्दा पहिला दलित अगुवा एवम् अधिकारकर्मीसँग छलफल र अन्तरक्रिया गरेको उनको भनाई छ ।

अध्यक्ष अहमदकाअनुसार जसको समस्या हो, उसैले समाधानका लागि पहलसँगै नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्छ । उनले भने, “जुन समुदायको समस्या छ, समाधानको नेतृत्व पनि त्यही समुदायको हुनुपर्छ ।” 

आयोगले थालेको कार्यमा समन्वय, सहयोग र साथ दिन उनले दलित समुदायका अगुवा तथा अधिकारकर्मीहरूलाई आग्रह गरे ।

 आयोगले पर्सामा गरेका काम र प्रगती समावेश गरिएको स्मारिका पनि प्रकाशन गर्ने तयारी भइरहेको उनले सुनाए । २०१३ सालमा राजाकै पालामा कम्पनीको रुपमा स्थापना भएपनि अहिलेसम्म भूमि सम्बन्धी समस्या समाधान नहुनु दुःखद भएको उनको भनाई छ । 

पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरणका लागि आयोगले बनाएको प्रक्रिया झन्झटिलो रहेको बताउँदै त्यसलाई सहज बनाउन सुझाव दिए । साथै, उनले आयोगले लक्षित समुदायको लगत संकलन गर्दा छुटेका व्यक्तिहरूलाई समेट्नुपर्ने माग राखे ।

नापी कार्यालय पर्साका प्रमुख राकेश झाले आयोगले निर्धारण गरेका लक्षित समूह, जग्गा वितरणका मापदण्ड र प्रक्रिया सम्बन्धमा जानकारी गराए ।

समितिका सदस्य सचिव समेत रहेका झाकाअनुसार एक इन्च पनि आफ्नो र परिवारका कसैको नाममा जग्गा नभएका र आयआर्जनबाट जग्गा खरिद गर्न नसक्नेले जग्गा प्राप्त गर्ने बताए ।

यस्तै अव्यवस्थित रुपमा बसोबास गर्नेहरुले भने जग्गा पाउने छैनन् । उनीहरुलाई व्यवस्थित गरिनेछ भने त्यसबापत निश्चित रकम पनि राजस्व तिर्नुपर्ने उनले स्पष्ट पारे । 

भूमिहिन दलित र भूमिहीन सुकुमबासीलाई सरकारी र सकारात्मक सूचीका जग्गा मात्र वितरण गरिनेछ । त्यस्तै उनले गलत विवरण पेश गरेकाहरुलाई दण्ड तथा जरिवाना हुने पनि जानकारी गराए । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, पत्रकार बृजलाल पासवान, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, दलित महिला संघकी निला राम, लबकुश बैठा, बुनेल राम, शिवनारायण राम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नापी कार्यालयका अधिकृत राजकुमार विश्वकर्माले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.