logo

प्रमुख प्रशासकीय अधिकृतको सरुवाको समझदारीका कारण पछि हटे नगरप्रमुख तेली, बहुदरमाईको बिवाद सुल्झियो

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १९: ०९ मा प्रकाशित     401   पटक पढिएको

वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाको आन्तरिक विवाद सुल्झिएको छ । यो संगै गत कार्तिक ८ गते भएको नगरसभाको निर्णयहरु कार्यान्वयन हुने भएको छ ।  


नगर प्रमुख सिंघासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाको आ आफ्नै अडानका कारण नगर सभा भएपनि मेयर अख्तिारी भने दिएका थिएनन ।

चार महिना देखीको बिवाद   बिहीबारदेखि  टुङ्गिए संगै बहुदरमाई नगरपालिकाका धेरै समस्या एकै पटक हल हुने भएका छन  ।

बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह तेलीले कार्तिकको पहिलो साता सम्पन्न नगरसभाको निर्णय कार्यान्वयकालागि अख्तियारी दिए भने  प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाको सरुवा हुने समझदारी पछि विवाद सुल्झिएको हो । 

बिवादको चुरो के थियो 
बहुदरमाई नगरपालिकाका प्रमुख  तेलीका नातेदार वडाअध्यक्ष प्रमोद साह तेलीको बजेट नगरसभामा नराख्दा विवाद चुलिएको थियो । नगरप्रमुख तेलीले वडा नं ६का  वडाध्यक्षको बजेट नगरस्तरीय योजनामा राख्न प्रमुख प्रशासकीय अधिकृतलाई दवाव दिएका थिए । 


तर प्रमुख प्रशासकीय अधिकृतले वडास्तरीय निर्णय भएर योजना नआएको भन्दै राख्न मानेका थिएनन । मुस्ताफाको याही अडानका कारण वडा नं ६को योजना रातो त्रितावमा परेन । आफ्नै नातेदारको योजना नपरेपछि नगरप्रमुख तेलीले नगरसभाबाट पारित योजना कार्यान्वयनकालागि अख्तियारी रोकी दिए ।  

कसरी बन्यो सहमती


बहुदरमाईको यो बिवादका कारण संघीय सरकारको मन्त्रीमण्डलमा रहेका तीन जना मन्त्री समेत बिवादमा तानिए ।

 संघीय मामिला मन्त्रीका त सचिवालयका मान्छेहरुलाई दोषी करार समेत गरियो । यो संगै नागरिक स्तरबाट पनि नेतृत्वको चर्को आलोचना हुदै गयो ।

 शिक्षकहरुले तलव नपाएर पठन पाठन बन्द गरे । बिद्यार्थीको भविष्यमै खेलवाड हुन थालेपछिको दवावलाई थोग्न सक्ने वतावरण नभएपछि बिवादका सबै पक्ष सहमतीमा आएको स्रोतले जनायो ।

 पछिल्लो पटक नगरप्रमुख तेली प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने भएपछि सहमतीमा आएका हुन । उनले राख्दै आएको अडान बाट पछि हटेका छन ।

नगरप्रमुख तेलीलाई उनकै पार्टीका संघीय मन्त्री प्रदीप यादवले हस्ताक्षर गर्न भनेपछि प्रमुख तेलीले अख्तियारी दिन मानेको स्रोतको भनाई छ ।

तर यो कारणले विवाद भएपनि अन्तिम चरणमा भने मेयर तेलीले उक्त एजेण्डालाई पनि बेवास्ता गर्दै नगरसभा पारित गरेको देखिएको नाम नराख्ने शर्तमा पालिकाका उक्त कर्मचारीको भनाइ छ ।


उनी नजिकका एक मन्त्रीले हस्ताक्षर गर्न भनेपछि सबै अडानलाई बेवास्ता गर्दै मेयर तेलीले नगरसभा पारित गरेको बताइन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लाका संघीय मन्त्री राजकुमार गुप्ता र खानेपानी मन्त्री प्रदीप यादवलाई विवाद सुल्झाउन भनेका थिए ।

उनले भनेको एक साताभित्रै दुबै मन्त्रीले आपसी सहमति गर्दै विवाद सुल्झाएको बताइन्छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.