logo

प्रमुख प्रशासकीय अधिकृतको सरुवाको समझदारीका कारण पछि हटे नगरप्रमुख तेली, बहुदरमाईको बिवाद सुल्झियो

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १९: ०९ मा प्रकाशित     294   पटक पढिएको

वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाको आन्तरिक विवाद सुल्झिएको छ । यो संगै गत कार्तिक ८ गते भएको नगरसभाको निर्णयहरु कार्यान्वयन हुने भएको छ ।  


नगर प्रमुख सिंघासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाको आ आफ्नै अडानका कारण नगर सभा भएपनि मेयर अख्तिारी भने दिएका थिएनन ।

चार महिना देखीको बिवाद   बिहीबारदेखि  टुङ्गिए संगै बहुदरमाई नगरपालिकाका धेरै समस्या एकै पटक हल हुने भएका छन  ।

बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह तेलीले कार्तिकको पहिलो साता सम्पन्न नगरसभाको निर्णय कार्यान्वयकालागि अख्तियारी दिए भने  प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाको सरुवा हुने समझदारी पछि विवाद सुल्झिएको हो । 

बिवादको चुरो के थियो 
बहुदरमाई नगरपालिकाका प्रमुख  तेलीका नातेदार वडाअध्यक्ष प्रमोद साह तेलीको बजेट नगरसभामा नराख्दा विवाद चुलिएको थियो । नगरप्रमुख तेलीले वडा नं ६का  वडाध्यक्षको बजेट नगरस्तरीय योजनामा राख्न प्रमुख प्रशासकीय अधिकृतलाई दवाव दिएका थिए । 


तर प्रमुख प्रशासकीय अधिकृतले वडास्तरीय निर्णय भएर योजना नआएको भन्दै राख्न मानेका थिएनन । मुस्ताफाको याही अडानका कारण वडा नं ६को योजना रातो त्रितावमा परेन । आफ्नै नातेदारको योजना नपरेपछि नगरप्रमुख तेलीले नगरसभाबाट पारित योजना कार्यान्वयनकालागि अख्तियारी रोकी दिए ।  

कसरी बन्यो सहमती


बहुदरमाईको यो बिवादका कारण संघीय सरकारको मन्त्रीमण्डलमा रहेका तीन जना मन्त्री समेत बिवादमा तानिए ।

 संघीय मामिला मन्त्रीका त सचिवालयका मान्छेहरुलाई दोषी करार समेत गरियो । यो संगै नागरिक स्तरबाट पनि नेतृत्वको चर्को आलोचना हुदै गयो ।

 शिक्षकहरुले तलव नपाएर पठन पाठन बन्द गरे । बिद्यार्थीको भविष्यमै खेलवाड हुन थालेपछिको दवावलाई थोग्न सक्ने वतावरण नभएपछि बिवादका सबै पक्ष सहमतीमा आएको स्रोतले जनायो ।

 पछिल्लो पटक नगरप्रमुख तेली प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने भएपछि सहमतीमा आएका हुन । उनले राख्दै आएको अडान बाट पछि हटेका छन ।

नगरप्रमुख तेलीलाई उनकै पार्टीका संघीय मन्त्री प्रदीप यादवले हस्ताक्षर गर्न भनेपछि प्रमुख तेलीले अख्तियारी दिन मानेको स्रोतको भनाई छ ।

तर यो कारणले विवाद भएपनि अन्तिम चरणमा भने मेयर तेलीले उक्त एजेण्डालाई पनि बेवास्ता गर्दै नगरसभा पारित गरेको देखिएको नाम नराख्ने शर्तमा पालिकाका उक्त कर्मचारीको भनाइ छ ।


उनी नजिकका एक मन्त्रीले हस्ताक्षर गर्न भनेपछि सबै अडानलाई बेवास्ता गर्दै मेयर तेलीले नगरसभा पारित गरेको बताइन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लाका संघीय मन्त्री राजकुमार गुप्ता र खानेपानी मन्त्री प्रदीप यादवलाई विवाद सुल्झाउन भनेका थिए ।

उनले भनेको एक साताभित्रै दुबै मन्त्रीले आपसी सहमति गर्दै विवाद सुल्झाएको बताइन्छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.