logo

पर्सामा तस्करी नहुने र गर्न नदिने पर्सा प्रहरी प्रमुख मिश्रको ठोकुवा

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १७: ५० मा प्रकाशित     262   पटक पढिएको

वीरगन्ज । पर्सा प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीले सिफारिश मुक्त भएर काम  गर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख मिश्रले यस्तो बताएका हुन ।

चार दिन अगाडि मात्र पर्सा जिल्लाको कमान्ड सम्हालेका प्रहरी प्रमुख मिश्रले बिहीबार  सिफारिशहरु आउछन प्रहरी त्यसको प्रभावमा नपर्ने बताएका हुन । 

उनले प्रहरीले कानूनले गरे भनेको काम गर्ने र नगर भनेको काम नगर्ने भन्दै राजनीतिक दवावका आधारमा प्रहरी नचल्ने प्रष्ट पारेका हुन ।

उनले प्रहरीले आफ्नो ब्यवसायीक आचरण बिपरित कुनै काम नगर्ने भन्दै प्रहरी भित्र राम्रो गर्नेलाई पुरस्कार गल्ती गर्ने दण्डीत गर्ने सम्मको योजना सुनाए ।

उनले राजनीति दवाव सिफारिशमा कुनै पनि मुद्धाको अनुसन्धान प्रभावित नहुने बताउदै   उनले प्रष्ट पारे प्रहरी  प्रहरीको नीति नियम भन्दा बाहिर गएर काम कुनै काम हुने छैन । 

प्रहरी प्रमुख मिश्रले आफू पहिला पनि यो जिल्लामा काम गरिसकेको हुनाले जिल्लाको अपराधको प्रवृतिबारे जानकारी रहेको बताए । उनले अहिलेको अवस्थामा अपराधमा  आएको परिर्वतनलाई पनि सामना गर्ने गरि काम गरिने बताए । 


संचारकर्मीले महत्पूर्ण र सम्झन लायक  के काम गर्नुहुन्छ भनेर राखेको जिज्ञासाको जवाफदिदै प्रहरी प्रमुख मिश्रले प्रहरीले १ हजार २५ वटा अपराध नियन्त्रणको गर्नु पर्ने बिश्लेषण सुनाउदै ति सबै काम प्रहरीकालागि महत्वपूर्ण रहेकोले त्यही अपराध नियन्त्रणकालागि सबै बैद्य रणनीति अवलम्बन गरिने बताए ।


अनधिकृत कारोवारको बिषयमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रहरी प्रमुख मिश्रले आफ्नो कार्यकालभरि जिल्लामा अनधिकृत कारोवार नहुने र गर्न नदिने ठोकुवा गरे ।

उनले जिल्लामा देखिएका बालविवाह, घरेलु हिंसासहितका सामाजिक विकृतिविरुद्ध प्रहरीले जनचेतना जगाउने अभियान नै चलाउने आफ्नो तयारी रहेको सुनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.