logo

पर्सामा तस्करी नहुने र गर्न नदिने पर्सा प्रहरी प्रमुख मिश्रको ठोकुवा

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १७: ५० मा प्रकाशित     526   पटक पढिएको

वीरगन्ज । पर्सा प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीले सिफारिश मुक्त भएर काम  गर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख मिश्रले यस्तो बताएका हुन ।

चार दिन अगाडि मात्र पर्सा जिल्लाको कमान्ड सम्हालेका प्रहरी प्रमुख मिश्रले बिहीबार  सिफारिशहरु आउछन प्रहरी त्यसको प्रभावमा नपर्ने बताएका हुन । 

उनले प्रहरीले कानूनले गरे भनेको काम गर्ने र नगर भनेको काम नगर्ने भन्दै राजनीतिक दवावका आधारमा प्रहरी नचल्ने प्रष्ट पारेका हुन ।

उनले प्रहरीले आफ्नो ब्यवसायीक आचरण बिपरित कुनै काम नगर्ने भन्दै प्रहरी भित्र राम्रो गर्नेलाई पुरस्कार गल्ती गर्ने दण्डीत गर्ने सम्मको योजना सुनाए ।

उनले राजनीति दवाव सिफारिशमा कुनै पनि मुद्धाको अनुसन्धान प्रभावित नहुने बताउदै   उनले प्रष्ट पारे प्रहरी  प्रहरीको नीति नियम भन्दा बाहिर गएर काम कुनै काम हुने छैन । 

प्रहरी प्रमुख मिश्रले आफू पहिला पनि यो जिल्लामा काम गरिसकेको हुनाले जिल्लाको अपराधको प्रवृतिबारे जानकारी रहेको बताए । उनले अहिलेको अवस्थामा अपराधमा  आएको परिर्वतनलाई पनि सामना गर्ने गरि काम गरिने बताए । 


संचारकर्मीले महत्पूर्ण र सम्झन लायक  के काम गर्नुहुन्छ भनेर राखेको जिज्ञासाको जवाफदिदै प्रहरी प्रमुख मिश्रले प्रहरीले १ हजार २५ वटा अपराध नियन्त्रणको गर्नु पर्ने बिश्लेषण सुनाउदै ति सबै काम प्रहरीकालागि महत्वपूर्ण रहेकोले त्यही अपराध नियन्त्रणकालागि सबै बैद्य रणनीति अवलम्बन गरिने बताए ।


अनधिकृत कारोवारको बिषयमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रहरी प्रमुख मिश्रले आफ्नो कार्यकालभरि जिल्लामा अनधिकृत कारोवार नहुने र गर्न नदिने ठोकुवा गरे ।

उनले जिल्लामा देखिएका बालविवाह, घरेलु हिंसासहितका सामाजिक विकृतिविरुद्ध प्रहरीले जनचेतना जगाउने अभियान नै चलाउने आफ्नो तयारी रहेको सुनाए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.