logo

मदन रुन्चेको गोदाममा सशस्त्र प्रहरीको छापा, लाखौको सामान भंसार बुझाइयो

 इसीमाना सम्वाददाता     २०८१ माघ १४ गते १७: २० मा प्रकाशित     641   पटक पढिएको

बीरगंज । प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको एक टोलीले सोमवार आदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली गरि भित्र्याइएको कपडा बरामद गरेको छ ।

नामुद तस्कर तस्कर मदन गुप्ता ऊर्फ रुन्चेले बीरगंज महानगरपालिकाको वडा नं १० आदर्शनगरमा सञ्चालन गर्दै आएको जय माँ दुर्गा करियरको गोदाम प्रहरीले छापा मारेको हो  ।

May be an image of 7 people and text

छापमारीबाट  लाखौंको अबैध समान बरामद गरेको छ।

प्रहरीले करिब ५१ लाख रकम बराबरको अबैध कपडा  र हार्डवेयरका सामान बरामद गरेको छ ।

 

सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको माण्डमा खटिएको टोलीले छापामारी गरि बरामद गरेको सामान आवश्यक कारवाहीकोलागि  बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल १३ न. गणका सूचना अधिकारी नरेन्द्र धामीले बताए ।


स्थानीय प्रशासन तथा केन्द्रीय सत्तामा जस्तो सुकै बदलाव आएपनि मदन रुन्चेको अनधिकृत कारोवार कहिल्यै अवरुद्ध नभएको भाष्य स्थापित थियो ।

 

स्थानीय प्रशासनले तस्करी रोकिएको दावी गरिरहेकै अवस्थामा रुन्चेको गोदाममा गरिएको यो छापामारीले धरै कुरा बोलेको छ । 

गत वर्षको चैत ८ गते नेपाल प्रहरीले रुन्चेको यही ट्रान्सर्पोटको गोदाममा छापामारी गरि १८ लाख रुपैया भन्दा बढीको अवैध कपडा बरामद गरेको थियो ।

May be an image of 4 people and text

त्यतीबेला रक्सौलबाट कपडा लोड गरेर बीरगंज तर्फ आउदै गरेको अटोलाई प्रहरीले पछ्याएको थियो । दैनीक अटोमा कपडा र अन्य सामान भंसार छलेर ल्याउने र भण्डार गरिन्थ्यो ।

 

अनधिकृत कारोवारमा संलग्न रुन्चेको पहुच माथिसम्म रहेकोले उनको कारोवार कहिल्यै पनि बन्द नहुने गरेको अन्यहरुश्र बताउछन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.