logo

भाषा सम्बन्धी प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मतले फिर्ता

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते १८: ४८ मा प्रकाशित     265   पटक पढिएको

जनकपुर । मधेश प्रदेश सरकारले कामकाजी भाषाका लागि प्रदेश सभामा प्रस्तुत गरेको विधेयकलाई फिर्ता लिएको छ । 
शुक्रवार बसेको प्रदेश सभाको बैठकले प्रस्ताव सर्वसम्मत रुपमा फिर्ता लिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए । 

मधेश प्रदेश सरकारकी शिक्षा मन्त्री रानीकुमारी तिवारीले नेपाली भाषासँगै मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अङ्ग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्तावसहितकोे विधेयक प्रस्तुत गरेकी थिइन  ।


 प्रस्तुत विधेयकका प्रावधानलाई लिएर सत्तारुढ दलकै सांसदहरुले समेत विरोध गरेका छन् । प्रदेशसभाको बैठकमा एमाले सांसद राजेन्द्र चौधरीले कामकाजी भाषा विधेयकमा थारुलगायतका मातृभाषा समेट्न सुझाव दिँदै विधेयक सच्याउन माग गरेका थिए ।

गृह संचार तथा कानून मन्त्रीस् राजकुमार लेखीले समेत प्रस्तावको बिषयमा असन्तोष जनाएका थिए । उनले प्रस्ताव प्रस्तुतकर्ता मन्त्रीलाई थारु भाष समेटन आग्रह समेत गरेका थिए । 

विधेयकमा अन्य भाषा समावेश नभए संसद चल्न नदिने भन्दै कांग्रेसकी सांसद जिवछी यादवले मधेशमा बोलिने सबै मातृभाषालाई स्थान दिनुपर्ने बताउनुभयो ।

 भाषा विधेयक छलफल नै नगरी आएको भन्दै जनमत पार्टीका सांसद चन्दन सिंहले असन्तुष्टि जनाएका थिए । 

 सांसदहरुले विधेयकको विरोध गर्दै अवरोध गरेपछि प्रदेशसभा बैठक आज सम्मका लागि स्थगित भएको थियो । यसैबीच, केही समूहले विधेयकप्रति असहमति जनाउँदै प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका थिए ।

मधेसमा थारु समुदायको बाहुल्यता भएको भन्दै थारु भाषालाई समेत कामकाजको भाषा बनाउन माग गरिएको छ ।  सत्तामा सहभागि सबै दल र प्रतिपक्षी समेत प्रस्तावित  बिधयेकका बिषयमा सहमत हुन सकेनन । बाहिर हरेक जिल्लामा बिरोधमा आन्दोलनको उद्धघोष हुन थालेपछि सरकारले प्रस्ताव फिर्ता लिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.