logo

भाषा सम्बन्धी प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मतले फिर्ता

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते १८: ४८ मा प्रकाशित     407   पटक पढिएको

जनकपुर । मधेश प्रदेश सरकारले कामकाजी भाषाका लागि प्रदेश सभामा प्रस्तुत गरेको विधेयकलाई फिर्ता लिएको छ । 
शुक्रवार बसेको प्रदेश सभाको बैठकले प्रस्ताव सर्वसम्मत रुपमा फिर्ता लिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए । 

मधेश प्रदेश सरकारकी शिक्षा मन्त्री रानीकुमारी तिवारीले नेपाली भाषासँगै मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अङ्ग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्तावसहितकोे विधेयक प्रस्तुत गरेकी थिइन  ।


 प्रस्तुत विधेयकका प्रावधानलाई लिएर सत्तारुढ दलकै सांसदहरुले समेत विरोध गरेका छन् । प्रदेशसभाको बैठकमा एमाले सांसद राजेन्द्र चौधरीले कामकाजी भाषा विधेयकमा थारुलगायतका मातृभाषा समेट्न सुझाव दिँदै विधेयक सच्याउन माग गरेका थिए ।

गृह संचार तथा कानून मन्त्रीस् राजकुमार लेखीले समेत प्रस्तावको बिषयमा असन्तोष जनाएका थिए । उनले प्रस्ताव प्रस्तुतकर्ता मन्त्रीलाई थारु भाष समेटन आग्रह समेत गरेका थिए । 

विधेयकमा अन्य भाषा समावेश नभए संसद चल्न नदिने भन्दै कांग्रेसकी सांसद जिवछी यादवले मधेशमा बोलिने सबै मातृभाषालाई स्थान दिनुपर्ने बताउनुभयो ।

 भाषा विधेयक छलफल नै नगरी आएको भन्दै जनमत पार्टीका सांसद चन्दन सिंहले असन्तुष्टि जनाएका थिए । 

 सांसदहरुले विधेयकको विरोध गर्दै अवरोध गरेपछि प्रदेशसभा बैठक आज सम्मका लागि स्थगित भएको थियो । यसैबीच, केही समूहले विधेयकप्रति असहमति जनाउँदै प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका थिए ।

मधेसमा थारु समुदायको बाहुल्यता भएको भन्दै थारु भाषालाई समेत कामकाजको भाषा बनाउन माग गरिएको छ ।  सत्तामा सहभागि सबै दल र प्रतिपक्षी समेत प्रस्तावित  बिधयेकका बिषयमा सहमत हुन सकेनन । बाहिर हरेक जिल्लामा बिरोधमा आन्दोलनको उद्धघोष हुन थालेपछि सरकारले प्रस्ताव फिर्ता लिएको हो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.