logo

मधेश प्रदेश, थारु  भाषामाथि बिभेद, माइतीलाई सम्मान गरेको भन्दै मन्त्री तिवारी बिरुद्ध कडा आक्रोश ब्यक्त

 इसीमाना सम्बाददाता     २०८१ माघ १० गते ०६: ०६ मा प्रकाशित     274   पटक पढिएको

जनकपुर । मधेश प्रदेश सभामा कामकाजको भाषा निर्धारण गर्न पेश गरिएको बिधयक प्रति थारु समुदायले गम्भिर आपती जनाएको छ । 


थारु कल्याणकारी सभाको केन्द्रीय कार्यालयले बिज्ञप्ति निकालेर गम्भिर आपत्ती जनाएको हो । मधेश प्रदेशमा ४.१७ प्रतिशत नागरिकको मातृभाषा थारु भाष हो ।

मधेश प्रदेशमा कामकाजाको भाषामा थारु भाषालाई समावेश नगरेर सरकारले थारु संस्कृति माथी गम्भिर प्रहार गरेको निष्कर्ष सभाले निकालेको छ ।

सभाले मधेशको सरकारको यस्तो बदनियतपूर्ण कदमका बिरुद्ध सभाले खेद समेत ब्यक्त गरेको छ । ०.२३ प्रतिशतले बोल्ने मातृभाषा हिन्दी र ० शून्य प्रतिशत रहेको अग्रेजीभाषा लाई कामकाजको भाषको रुपमा समावेश गरिनु तर ४.१७ प्रतिशत नागरिकको मातृभाषालाई कामकाजाको भाषको रुपमा नसमेटिनु  निन्दनीय र खेदपूर्ण कार्य भएको सभाले ठहर गरेको छ ।

सभाका अध्यक्ष प्रेमीलाल चौधरी र महासचिव मिनराज चौधरीले जारी गरेको बिज्ञप्तिमा,  बिधयेकले अन्तराष्ट्रीय श्रम संगठनको १६९ सम्बन्धी प्रवन्धको खिलाफ समेत रहेकोले तत्काल संशोधन गर्न माँग गर्दछौ भनिएको छ । संशोधन नगरिए सभाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

थारु भाषालाई कामकाजको भाषको रुपमा समावेश नगरिए पछि थारु समुदाय निकै आक्रोशित हुन पुगेको छ । श्रवण थारुले आफनो आक्रोशलाई समाजिक संजाल मार्फत निकै कडा रुपमा ब्यक्त गरेका छन ।

उनले लेखेका छन “मधेस प्रदेशको कामकाजको भाषा सम्बन्धमा ल्याईएको विधेयक प्रस्तावमा थारु भाषा नपर्नु  एउटी महिलाले माइती पक्षलाई मात्रै सम्मान गरे सरह छ।

थारु भाषा माथि मधेस सरकारले गरेको विभेद प्रति घोर आपत्ति प्रकट गर्दछु ”। त्यस्तै महेन्द्र चौधरीले अर्काको भरमा मर्नु न बाच्नु ।थारुहरुअब अर्काको मुख ताके नेपालबाट बिस्थापित हुन्ने सम्भावना प्रबल देखिन्छ ।

त्यसैले अब यो चुनैतिको अबस्थामा एकजुट भएर बिभेदबिरुध्द न्यायपुर्ण अबाज उठाउनु पर्‍यो ।बिभेदबिरुध्द लड्नु पर्‍यो ,मर्नु पर्‍यो र मार्नु पार्‍यो ।भने लेखेका छन  ।

सामाजिक संजालमा असन्तोषका यस्ता टिप्पणी बग्रेल्ती छन । यस अघि मधेश सरकारका गृहमन्त्री राजकुमार लेखीले समेत आफनो असन्तोष ब्यक्त गरिसकेका छन ।

 

क्याबिनेटमा आफूले थारू भाषालाई नछुटाउन सुझाव दिँदा पनि जस्ताको त्यस्तै विधेयक ल्याइएको प्रति गृहमन्त्री लेखीले थारु समुदायमाथी विभेद गर्न खोजीएको प्रतिक्रृया दिएका छन् । त्यस्तै सत्ता साझेदार दलका थारू सांसदहरूलेसमेत विधेयकको विरोध गरेका छन् । थारु सांसदहरुले सदनसमेत अवरुद्ध गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.