logo

मधेश प्रदेश, थारु  भाषामाथि बिभेद, माइतीलाई सम्मान गरेको भन्दै मन्त्री तिवारी बिरुद्ध कडा आक्रोश ब्यक्त

 इसीमाना सम्बाददाता     २०८१ माघ १० गते ०६: ०६ मा प्रकाशित     400   पटक पढिएको

जनकपुर । मधेश प्रदेश सभामा कामकाजको भाषा निर्धारण गर्न पेश गरिएको बिधयक प्रति थारु समुदायले गम्भिर आपती जनाएको छ । 


थारु कल्याणकारी सभाको केन्द्रीय कार्यालयले बिज्ञप्ति निकालेर गम्भिर आपत्ती जनाएको हो । मधेश प्रदेशमा ४.१७ प्रतिशत नागरिकको मातृभाषा थारु भाष हो ।

मधेश प्रदेशमा कामकाजाको भाषामा थारु भाषालाई समावेश नगरेर सरकारले थारु संस्कृति माथी गम्भिर प्रहार गरेको निष्कर्ष सभाले निकालेको छ ।

सभाले मधेशको सरकारको यस्तो बदनियतपूर्ण कदमका बिरुद्ध सभाले खेद समेत ब्यक्त गरेको छ । ०.२३ प्रतिशतले बोल्ने मातृभाषा हिन्दी र ० शून्य प्रतिशत रहेको अग्रेजीभाषा लाई कामकाजको भाषको रुपमा समावेश गरिनु तर ४.१७ प्रतिशत नागरिकको मातृभाषालाई कामकाजाको भाषको रुपमा नसमेटिनु  निन्दनीय र खेदपूर्ण कार्य भएको सभाले ठहर गरेको छ ।

सभाका अध्यक्ष प्रेमीलाल चौधरी र महासचिव मिनराज चौधरीले जारी गरेको बिज्ञप्तिमा,  बिधयेकले अन्तराष्ट्रीय श्रम संगठनको १६९ सम्बन्धी प्रवन्धको खिलाफ समेत रहेकोले तत्काल संशोधन गर्न माँग गर्दछौ भनिएको छ । संशोधन नगरिए सभाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

थारु भाषालाई कामकाजको भाषको रुपमा समावेश नगरिए पछि थारु समुदाय निकै आक्रोशित हुन पुगेको छ । श्रवण थारुले आफनो आक्रोशलाई समाजिक संजाल मार्फत निकै कडा रुपमा ब्यक्त गरेका छन ।

उनले लेखेका छन “मधेस प्रदेशको कामकाजको भाषा सम्बन्धमा ल्याईएको विधेयक प्रस्तावमा थारु भाषा नपर्नु  एउटी महिलाले माइती पक्षलाई मात्रै सम्मान गरे सरह छ।

थारु भाषा माथि मधेस सरकारले गरेको विभेद प्रति घोर आपत्ति प्रकट गर्दछु ”। त्यस्तै महेन्द्र चौधरीले अर्काको भरमा मर्नु न बाच्नु ।थारुहरुअब अर्काको मुख ताके नेपालबाट बिस्थापित हुन्ने सम्भावना प्रबल देखिन्छ ।

त्यसैले अब यो चुनैतिको अबस्थामा एकजुट भएर बिभेदबिरुध्द न्यायपुर्ण अबाज उठाउनु पर्‍यो ।बिभेदबिरुध्द लड्नु पर्‍यो ,मर्नु पर्‍यो र मार्नु पार्‍यो ।भने लेखेका छन  ।

सामाजिक संजालमा असन्तोषका यस्ता टिप्पणी बग्रेल्ती छन । यस अघि मधेश सरकारका गृहमन्त्री राजकुमार लेखीले समेत आफनो असन्तोष ब्यक्त गरिसकेका छन ।

 

क्याबिनेटमा आफूले थारू भाषालाई नछुटाउन सुझाव दिँदा पनि जस्ताको त्यस्तै विधेयक ल्याइएको प्रति गृहमन्त्री लेखीले थारु समुदायमाथी विभेद गर्न खोजीएको प्रतिक्रृया दिएका छन् । त्यस्तै सत्ता साझेदार दलका थारू सांसदहरूलेसमेत विधेयकको विरोध गरेका छन् । थारु सांसदहरुले सदनसमेत अवरुद्ध गरेका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.