logo

धनुषा प्रहरी प्रमुखको बिशेष कृपा पाएका ठाकुर अन्तत प्रहरी हिरासतमा , स्थानीयको सवाल , अरु कहिले पक्राउ पर्छन ?

 इसीमाना सम्वाददाता     २०८१ पौष २९ गते ०४: १४ मा प्रकाशित     638   पटक पढिएको

बीरगंज । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी प्रकरणमा पक्राउ परेका छन् ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको हो ।


यसो त धनुषा जिल्ला अदालतले गत भदौ १६ गते पक्राउ आदेश जारी गरेको थियो । तर धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीको बिशेष कृपामा ठाकुरलाई पक्राउ गरिएको थिएन ।

 उपभोक्ता समितिको नामबाट काम गराउने अनी काम गरेको ठेकदारलाई पैसा नदिने गर्दै आएका ठाकुर यस पटक भने आफनै कर्मका कारण प्रहरीको फन्दामा परे ।

ठेकदारले काम गरे बापतको पैसा नपाएपछि ठाकुरलाई घरमै गएर कुटपीट गरेका थिए । छिमेकीले कुटपीटको घटना देखे पछि प्रहरीलाई खवर गरिदिएका थिए ।

May be an image of ticket stub and text

प्रहरी बेलैमा पुगेर उनीहरुलाई प्रहरी चौकीमा लैजादा ठाकुर बिरुद्ध पक्राउ पूर्जी जारी भएको कुरा खुल्यो  र उनी प्रहरीको हिरासतमा पुगे ।

जनकपुर उपमहानगरपालिका वडा नं १२ निवासी सुनिल साहले काम गरे बापतको पैसा नपाएपछि ठाकुरलाई घरमै गएर पैसा मागेका थिए । पैसा माग्दा भनाभन हुदा उनले हातपात समेत गरेका थिए ।

 धनुषा जिल्लाका एसपी  तिवारीको मिलोमतोमा पक्राउ आदेश जारी भएका  पाँच जना प्रतिवादी  साढे चार महिनासम्म पक्राउ नगरी खुलेआम घुमिरहेका थिए।

 उनीहरु बिरुद्धको मुद्धा सडाउने प्रपन्चमा धनुषा प्रहरी प्रमुख लागेको आरोप लागेको छ । तर लामो समय प्रतिवादीहरु अनुसन्धानको दायरामा नआउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 परिषदका लेखापाल सावित्री गिरी र एसपी तिवारी छिमेकी भएकोले पनि प्रहरीले बिशेष मोलाहिजा गरेको स्रोतको दावी छ ।


ठाकुरसँगै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको प्रकरणमा मुछिएका थिए ।


ठगी प्रकरणमा मुछिनेमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी थिए । उनीहरूविरुद्ध भदौ १६ मै धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।


ठाकुरले हुदै नभएको गाडी भाडा बापत किर्ते सम्झौता गरेर रकम भूक्तानी लिएको,सरकारी छाप, दस्तखत, किर्ते गरी सहमति भएको देखाई विभिन्न कागजात तयार गरेर २०७६ असोज ७ मर्मतकालागि १० लाख पेश्की लिएको लगायतका अनियमितताका कार्य गरेको भन्दै उनी बिरुद्ध मुकेश यादवले उजुरी गरेका थिए । ठाकुरले यादवलाई गाडी धनी बनाएर सबै कागजात कर्तिे गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.