logo

पर्सा जिल्ला अदालतमा बिचौलियाको प्रभाव, नियन्त्रणकालागि न्यायधीशनै जागे

 इसीमाना सम्वाददाता     २०८१ पौष २५ गते ०३: ५७ मा प्रकाशित     551   पटक पढिएको

बीरगंज । पर्सा जिल्ला अदालतमा न्याय सम्पादनको क्षेत्रमा बिकृति र बिसंगती  रहेको कुरामा सरोकारवालाले चिन्ता जाहेर गरेका छन । 

न्यायपालिकामा हुनसक्ने विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम बिचौलियाबाट हुनसक्ने
क्रियाकलापहरू र त्यसको रोकथामकोलागि चाल्नु पर्ने उपायका सम्बन्धमा २०७८ सालमा सर्वोच्च अदालतमा एउटा प्रतिवेदन पेश भएको थियो ।

हरिकृष्ण कार्की संयोजक रहेर तयार गरिएको प्रतिवेदन आफैमा निकै चर्चामा रहेको छ । त्यो प्रतिवेदन कार्यान्वयनका क्रमम सर्वोच्च अदालतले मुद्धाको पेशी निर्धारण गोला प्रथाबाट गर्ने बाहेक अन्य कुरा कार्यान्वयन भएको देखिदैन ।

 
न्यायपालिकामा हुनसक्ने विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम  बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू नियन्त्रणमा कुनैकाम नभएपछि न्यायपालिकामा बिचौलियाको प्रभाव झन बढेको र न्याय मर्दै गएको बिश्लेषण गर्न थालिएको छ । 


पर्सा जिल्ला अदालतमा समेत बिचौलियाको प्रभाव नियन्त्रण गरेर न्यायलाई निष्ठाका आधारमा सम्पादन गर्नु पर्ने वतावरण बनाउनु पर्ने आवाज उठन थालेको छ । 


जिल्ला बार एशोसिएशन पर्साले गत १८ गते एउटा बैठकको आयोजना गरेर न्यायपालिका भित्र बढ्दै गएको अनियमितता र बिसंगती नियन्त्रणकालागि पहलकदमी लिने प्रयास गरेको छ ।

 

अदालतका न्यायधीश, जिल्ला सरकारी न्यायधिवक्ता, अदालतका श्रेस्तेदार बारका सल्लाहकार, बरिष्ठ अधिवक्ताहरुको बैठकबाट बिसंगती नियन्त्रणकालागि सकारात्मक हस्तक्षेपकारी कदम चाल्ने निर्णय गरेको छ । 


विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम बिचौलियाबाट न्याय सम्पादन र न्याय प्रशासनमा प्रभाव पारिरहेको कुरा उक्त बैठकले स्वीकार गरेको छ ।

 

न्यायकर्ता र न्याय सम्पादन गर्ने ताल्लुकवाला कार्यालयका प्रमुख र प्रतिनिधिले अदालतमा बिचौलीयाको प्रभावका कारण न्याय सम्पादनमा प्रभाव पारेको स्वीकार गर्ने कुरा आफैमा महत्वपूर्ण छ ।

 

न्यायलाई निष्ठाको जगमा उभिएर सम्पादन गर्नकालागि बैठकले हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको कार्यदलले पेश गरेको प्रतिवेदन २०७८ ले दिएको सुझाव कार्यान्वयनमा जोड दिएको छ । 


पर्सा बारको बैठकमा उपस्थित सरोकारवालाले मसख्य सरोकारवाला पर्सा जिल्ला अदालत जिल्ला न्यायधिवक्ताको कार्यालय र स्वंय पर्सा बार एशोसिएशनको सहभागितमा एउटा संयन्त्र बनाएको छ । 

त्यो संयन्त्रले पर्सा जिल्ला अहदालतमा हुन सक्ने  विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम बिचौलियाहरुको पहिचान गर्ने  छ ।

 

संयन्त्रको संयोजकमा बरिष्ठ अधिवक्त दीपकराज भण्डारी  पन्नालाल गुप्ता,तहसिलदार सुदीप पोखरेल सह जिल्ला न्यायधिवक्ता उमेश बिजय श्री थारु, र पर्सा बारका अध्यक्ष कमलमोहन पोखरेल सदस्य सचिव रहेका छन । 

 


यो समितिले पहचिान गरेको बिचौलिया वा अनियमितता र त्यसमा संलग्नहरुलाई  कारवाही कार्यानवयनकालागि पर्सा जिल्ला अदालतमा प्रमुख भई काम गर्ने न्यायधीशलाई संयोजक तोकिएको छ । हाल पर्सामा दीपक खनाल प्रमुख न्यायधीशको रुपमा कार्यरत रहेका छन ।

 

 कार्यन्वय समितिको सदस्यमा जिल्ला न्यायधिवक्ता भोलानाथ निरौला,पहिचान समितिका सबै सदस्यहरु श्रेस्तेदार घनेन्द्र अधिकारी र नेपाल बारका उपाध्यक्ष आमन्त्रित सदस्यका रुपमा रहेका छन ।


पहिचान समितिको बैठक भोली शुक्रवार बस्ने बताइएको छ । कार्की प्रतिवेदनले न्यायलयमा सुधार र निष्ठाको जगमा न्याय सम्पादनकालागि दर्जनौ सुझाव दिएको छ ।

 

पर्सा जिल्ला अदालतमा जिल्ला अदालतबाट कार्यान्वय सकिने सुझावहरुको अवस्था के रहला ? बिचौलीयाका कारण न्याय सम्पादनमा परेको कु प्रभाव र न्यायलयको छवीमा आएको आँचलाई पखाल्न यो प्रयास कति सार्थक हुन्छ त्यो हेर्न भने बाँकी नै रहेको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.