logo

पर्सा जिल्ला अदालतमा बिचौलियाको प्रभाव, नियन्त्रणकालागि न्यायधीशनै जागे

 इसीमाना सम्वाददाता     २०८१ पौष २५ गते ०३: ५७ मा प्रकाशित     647   पटक पढिएको

बीरगंज । पर्सा जिल्ला अदालतमा न्याय सम्पादनको क्षेत्रमा बिकृति र बिसंगती  रहेको कुरामा सरोकारवालाले चिन्ता जाहेर गरेका छन । 

न्यायपालिकामा हुनसक्ने विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम बिचौलियाबाट हुनसक्ने
क्रियाकलापहरू र त्यसको रोकथामकोलागि चाल्नु पर्ने उपायका सम्बन्धमा २०७८ सालमा सर्वोच्च अदालतमा एउटा प्रतिवेदन पेश भएको थियो ।

हरिकृष्ण कार्की संयोजक रहेर तयार गरिएको प्रतिवेदन आफैमा निकै चर्चामा रहेको छ । त्यो प्रतिवेदन कार्यान्वयनका क्रमम सर्वोच्च अदालतले मुद्धाको पेशी निर्धारण गोला प्रथाबाट गर्ने बाहेक अन्य कुरा कार्यान्वयन भएको देखिदैन ।

 
न्यायपालिकामा हुनसक्ने विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम  बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू नियन्त्रणमा कुनैकाम नभएपछि न्यायपालिकामा बिचौलियाको प्रभाव झन बढेको र न्याय मर्दै गएको बिश्लेषण गर्न थालिएको छ । 


पर्सा जिल्ला अदालतमा समेत बिचौलियाको प्रभाव नियन्त्रण गरेर न्यायलाई निष्ठाका आधारमा सम्पादन गर्नु पर्ने वतावरण बनाउनु पर्ने आवाज उठन थालेको छ । 


जिल्ला बार एशोसिएशन पर्साले गत १८ गते एउटा बैठकको आयोजना गरेर न्यायपालिका भित्र बढ्दै गएको अनियमितता र बिसंगती नियन्त्रणकालागि पहलकदमी लिने प्रयास गरेको छ ।

 

अदालतका न्यायधीश, जिल्ला सरकारी न्यायधिवक्ता, अदालतका श्रेस्तेदार बारका सल्लाहकार, बरिष्ठ अधिवक्ताहरुको बैठकबाट बिसंगती नियन्त्रणकालागि सकारात्मक हस्तक्षेपकारी कदम चाल्ने निर्णय गरेको छ । 


विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम बिचौलियाबाट न्याय सम्पादन र न्याय प्रशासनमा प्रभाव पारिरहेको कुरा उक्त बैठकले स्वीकार गरेको छ ।

 

न्यायकर्ता र न्याय सम्पादन गर्ने ताल्लुकवाला कार्यालयका प्रमुख र प्रतिनिधिले अदालतमा बिचौलीयाको प्रभावका कारण न्याय सम्पादनमा प्रभाव पारेको स्वीकार गर्ने कुरा आफैमा महत्वपूर्ण छ ।

 

न्यायलाई निष्ठाको जगमा उभिएर सम्पादन गर्नकालागि बैठकले हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको कार्यदलले पेश गरेको प्रतिवेदन २०७८ ले दिएको सुझाव कार्यान्वयनमा जोड दिएको छ । 


पर्सा बारको बैठकमा उपस्थित सरोकारवालाले मसख्य सरोकारवाला पर्सा जिल्ला अदालत जिल्ला न्यायधिवक्ताको कार्यालय र स्वंय पर्सा बार एशोसिएशनको सहभागितमा एउटा संयन्त्र बनाएको छ । 

त्यो संयन्त्रले पर्सा जिल्ला अहदालतमा हुन सक्ने  विकृति, बिसंगती  ,अनियमितता वा भ्रष्टाचार एवम बिचौलियाहरुको पहिचान गर्ने  छ ।

 

संयन्त्रको संयोजकमा बरिष्ठ अधिवक्त दीपकराज भण्डारी  पन्नालाल गुप्ता,तहसिलदार सुदीप पोखरेल सह जिल्ला न्यायधिवक्ता उमेश बिजय श्री थारु, र पर्सा बारका अध्यक्ष कमलमोहन पोखरेल सदस्य सचिव रहेका छन । 

 


यो समितिले पहचिान गरेको बिचौलिया वा अनियमितता र त्यसमा संलग्नहरुलाई  कारवाही कार्यानवयनकालागि पर्सा जिल्ला अदालतमा प्रमुख भई काम गर्ने न्यायधीशलाई संयोजक तोकिएको छ । हाल पर्सामा दीपक खनाल प्रमुख न्यायधीशको रुपमा कार्यरत रहेका छन ।

 

 कार्यन्वय समितिको सदस्यमा जिल्ला न्यायधिवक्ता भोलानाथ निरौला,पहिचान समितिका सबै सदस्यहरु श्रेस्तेदार घनेन्द्र अधिकारी र नेपाल बारका उपाध्यक्ष आमन्त्रित सदस्यका रुपमा रहेका छन ।


पहिचान समितिको बैठक भोली शुक्रवार बस्ने बताइएको छ । कार्की प्रतिवेदनले न्यायलयमा सुधार र निष्ठाको जगमा न्याय सम्पादनकालागि दर्जनौ सुझाव दिएको छ ।

 

पर्सा जिल्ला अदालतमा जिल्ला अदालतबाट कार्यान्वय सकिने सुझावहरुको अवस्था के रहला ? बिचौलीयाका कारण न्याय सम्पादनमा परेको कु प्रभाव र न्यायलयको छवीमा आएको आँचलाई पखाल्न यो प्रयास कति सार्थक हुन्छ त्यो हेर्न भने बाँकी नै रहेको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.