logo

अस्ताए पर्सेली कम्युनिष्ट आन्दोलनका एक हस्ती तेजा चौधरी,जसले केही मागेनन सबै दिए

 इसीमाना सम्वाददाता     २०८१ पौष २३ गते ०८: २७ मा प्रकाशित     499   पटक पढिएको

बीरगंज । पर्सेली कम्युनिष्ट आन्दोलनका एक प्रतिभाशाली ब्यक्तित्व तेजा चौधरीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

हालको पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ को निचुटा साविकको निचुटा गाविसमा बि.स.१९९७ जन्मिनु भएका चौधरी पर्सेली कम्युनिष्ट आन्दोलनका सदा स्मरणीय पात्र हुन । 


बि.स.२०१६ मा बि.पी. कोइरालाको नेतृत्वमा रहेको सरकारका शिक्षामन्त्री परशुनारायण चौधरीको कोटाबाट चीन भ्रमणमा गएका  चौधरीको चर्चा उतिवेला नै गाउँ घरमा ब्यापक थियो । तेजा जी चीन गएको कुरा निकै चर्चाको बिषय बनेको एमालेका नेता प्रहलाद गिरीको मानसपटलमा पनि उतिकै सम्झनामा छ । 


लामो समय पंचायतकालमा गाउँपंचायतको उपाध्यक्ष भएर काम गरेका चौधरी बिचारधारत्मक रुपमा पंचायती ब्यवस्था भन्दा फरक थियो । कम्युनिष्ट बिचारधारा प्रभावित चौधरीको छवी उतिबेलैदेखी गरीब मजदुरको हितमा काम गर्ने ब्यक्तिको रुपमा स्थापित थियो । 


०४६ को आन्दोलनमा बाट कम्युनिष्ट पार्टीमा चौधरी संगठीत भएको एमाले नेता गिरी सम्झिनुहुन्छ । बिद्यार्थीकालमा चीन भ्रमणमा गएका चौधरी पर्साको अहिलेको क्षेत्र नं ३ मा एमालेको संगठन बनाउने अभियानमा क्रियाशिल हुनुहुन्थ्यो ।
०४६ को परिर्वतन पछि त्यतीबेला नेपाली कांग्रेसको तर्फबाट नेकपा एमालेलाई “ड्रममा भात पकाउछ र नाथमा भात खुवाउछ” ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई गोली हानीदिन्छ भन्ने भ्रमपूर्ण प्रचार गरिन्थ्यो । तेजा चौधरी त्यो नेता थिए ।

जसले युवा अवस्थामा कम्युनिष्ट शासन भएको चीनको भ्रमण गरेका थिए । एमालेले हरेक मंचबाट कांग्रेसको आरोपको खण्डन गर्थ्यो त्यसकोलागि चौधरीले हरेक मंचमा अवसर पाउथे ।

 

उनी जीवीत प्रमाण थिए जनताकोलागि । नेकपा एमालेको जिल्ला कमिटीको सदस्य , इलाका कमिटीको इन्चार्ज पछिल्लो पटक क्षेत्रीय कमिटीको समेत नेतृत्व गरेका चौधरीले प्रजातान्त्रिक कामलमा एक पटक उपाध्यक्षको चुनाव हारे ।

 

त्यो बाहेक नेकपा एमालेले चौधरीलाई केही नदिए पनि उनले भने पार्टीलाई हासीहासी लामो समय, आफनो योग्यता क्षमता, सबै चीज दिए । साइकल चढेर संगठन बनाउन हिडेका चौधरीहरुको परिश्रमको जगमा खडा छ आजको एमाले ।

 

आजको एमाले निर्माणका शिल्पी चौधरी प्रति इसीमाना डटकमको पनि  सम्मान सहित हार्दिक श्रद्धा सुमन । चौधरीको बुधबार बिहान निचुटामा थारु बिधि र परम्परा अनुसार अन्तिम संस्कार हुने स्थानीय शिक्षक गोपाल साह रौनीयारले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.