logo

पत्रकारिता अध्ययन गर्न चाहने संचारकर्मीकालागि बीरगंजमा बिशेष अवसर,न्यून शुल्कमा प्लस टु अध्यापन ब्यवस्था

 इसीमाना सम्बाददाता     २०८१ पौष १८ गते ०६: १८ मा प्रकाशित     378   पटक पढिएको

वीरगञ्ज । पत्रकारिता अध्ययन गर्न चाहने नेपाल पत्रकार महासघका पर्साका सदस्य एवं संचारकर्मीकालागि बीरगंजमा महत्वपूर्ण अवसरको सृजना भएको छ ।


नेपाल पत्रकार महासंघ पर्सा शाखा र वीरगञ्ज कलेज, श्रीपुर वीच भएको सहमतीले यस्तो अवसर सृजना गरेको हो । बिहिवार कलेज र महासंघवीच सात बूंदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

महासंघका तर्फबाट अध्यक्ष ओम प्रकाश खनाल र कलेजका तर्फबाट अलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीले हस्ताक्षर गरेका छन । 


सहमती पत्रमा पर्सा जिल्लाको शैक्षिक, सामाजिक, अर्थराजनीतिक क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्ने, पर्सा जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि दुवै पक्षको सहकार्यमा विभिन्न बहस, अन्तरक्रिया गरिने उल्लेख छ ।

त्यस्तै पर्सा जिल्लाको पत्रकारिता क्षेत्रको प्रवद्र्धन र कार्यरत पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने, जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता वृद्धिका लागि वीरगञ्ज कलेजमा सञ्चालित पत्रकारिता विषयमा अध्ययनको व्यवस्था मिलाइने सहमती गरिएको छ ।


पत्रकारिता अध्ययन गर्न चाहने पहिलो पक्षका सदस्य एवम् सञ्चारकर्मीलाई दोस्रो पक्षले प्रतिवर्ष कुल पाँच हजारमा कक्षा ११ र १२ वीरगञ्ज स्कूल मार्फत अध्ययन गराउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाण पत्र शुल्क भने  विद्यार्थीले वहन गर्नुपर्ने छ ।

दुवै पक्षले आवश्यकता अनुसार स्थानीय अन्य सरोकारहरुको सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

 

समझदारीको समयावधि चालु शैक्षिक सत्रसहित ३ शैक्षिक सत्रसम्म रहनेछ । आवश्यकताअनुसार दुवै पक्षको समझदारीमा अर्वाध थप्न सकिने समझदारी पत्रमा जनाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.