logo

प्रधानमन्त्रीले सम्बोधन गर्ने सभाको सम्पूर्ण तयारी पुरा, २५ हजार सर्वसाधरणले सभामा भाग लिने आयोजकको दावी

 इसीमाना सम्वाददाता     २०८१ पौष १३ गते ०८: ४२ मा प्रकाशित     373   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले आफ्नो पार्टीमा राम्रो ब्यक्ति ल्याउने प्रयास गरेको बताएका छन् ।

आइतवार पर्साको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पँचगावामा आयोजना गर्न लागिएको पार्टी प्रवेश कार्यक्रमका बिषयमा जानकारी दिन बीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले  यस्तो बताएका हुन् ।

उनले पार्टीमा राम्रा मान्छे प्रवेश गराउने भन्दै गर्दा केही राम्रो प्रवृति नभएकाहरु पनि प्रवेश हुन सक्ने कुरालाई अस्वीकार भने गरेनन् । उनले भने, ‘राम्रो नराम्रो हुने कुरा सामान्य जस्तो भएपनि राम्रोको पक्षमा हाम्रो ध्यान जानेछ ।’

पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले मधेशको बिकासका लागि ठोस योजना बनाएर अगाडि बढ्ने पार्टी  नेकपा एमाले भएकोले पार्टीलाई समेत बलियो बनाउन आवश्यक रहेको बताए ।

 

उनले मधेशको बिकासमा नेकपा एमाले  र त्यसका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कोशी मरिन डाइर्भसन सिचाई परियोजना, हुलाकी राजमार्ग, मधेशका जिल्लाका सदरमुकामहरुको सघन शहरीकरणका बिषयमा गरेको काम स्मरणीय रहेको बताए ।

नेता श्रेष्ठले पार्टी प्रवेश कार्यक्रमका सन्दर्भमा चर्चा गर्दै पाँच हजार ब्यक्ति एमालेमा प्रवेश गर्ने र सभामा २५ हजार सर्वसाधारणको सहभागीता हुने बताए।

पत्रकार सम्मेलनमा नेकपा एमालेका नेताहरु प्रभू हजरा, राजकुमार गुप्ता, निर्मला देवकोटा, पार्टीका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश उपाध्यक्ष बिचारी यादव ,जिल्ला अध्यक्ष डा.बिश्वम्भर ,प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल,शर्मा शिवजी गुप्ता लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सखुवाप्रसौनीमा हुने कार्यक्रममा सोही गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतका नेता तथा कार्यकर्ताहरुको एमाले प्रवेशको कार्यक्रम रहेको छ ।

भोली बिहान ११ बजे हुने पार्टी प्रवेश कार्यक्रमको मञ्च व्यवस्थापन, शान्ति सुरक्षा लगायतको तयारी सम्पन्न भएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताए ।
यादवले भोली हुने कार्यक्रमलाई एतिहासिक बनाउन पर्सा जिल्ला कमिटी र मधेश प्रदेश कमिटी जोडतोडले लागि परेको बताए । कार्यक्रम प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको थियो । 

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.