logo

मधेश महासंघको अध्यक्षमा बन्जारा ,महासचिवमा क्रान्ति

 इसीमाना सम्वाददाता     २०८१ मंसिर २९ गते ०६: ३८ मा प्रकाशित     393   पटक पढिएको

बीरगंज । नेपाल पत्रकार महासङ्घको मधेस प्रदेशको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा निर्वाचित भएका छन।

 

महासंघको मधेस प्रदेशको निर्वाचनको अन्तिम  मत परिणाम अनुसार अध्यक्षमा बञ्जरा निर्वाचित भएका हुन । 


चौतारी र युनियनको गठबन्धनबाट उम्मेदवार बनेका बञ्जरा  ३१३ मत ल्याएर विजयी भएका हुन ।

 

उनका निकटतम प्रतिद्वन्द्वी अवधेश झाले २४६ मत प्राप्त गरेका छन ।

 

 महिला उपाध्यक्षमा प्रेस चौतारीकै उम्मेदवार ज्योती झा बिजयी भएकी छिन । त्यस्तै महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित  निर्वाचित भएका छन । उनले  ३९० मत पाएका छन । 

उहाँको प्रतिद्वन्द्वी राजन सिंहले ३२१ मत पाउनु भएको छ । सिंह प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवार हुनुहुन्थ्यो ।

 

महिला उपाध्यक्षमा ज्योती झा निर्वाचित हुनुभएको छ । उनले ३७१ मत प्राप्त गरेका छन ।  उनको निकटतम  प्रतिस्पर्धी हेम कुमारी (सुनिता) ले २३१ मत प्राप्त गरेकी छिन ।

 

त्यस्तै सचिवमा प्रेस सेन्टरका दिपक गौतम विजयी भएका छन । उनले २६५ मत ल्याएका छन । उनका निटतम प्रतिद्वन्द्व नविन कुमार नवलले २५० मत प्राप्त गरेका छन । 


प्रदेश अध्यक्षमा बिजयी बन्जारा मधेश प्रदेशका महासचिव हुन । त्यसअघि उनले पर्साको दुई कार्याकाल अध्यक्ष भएर आफ्नो नेतृतव क्षमता प्रर्दर्शीत गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.