logo

नेपाली समाजामा फाइदाको पछि लाग्ने अवसरवादी चरित्र हावी हुदा समस्या आयोः पूर्व प्रधानमन्त्री नेपाल

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १६ गते ०८: ४९ मा प्रकाशित     256   पटक पढिएको

बीरगंज । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  अधिकार चाहिने तर कर्तब्य बिर्सने प्रवृतिकाक कार असल र खराव वीचको  भिन्नता छुट्टयाउन अप्ठयारो भएको बताए । 


समावजादी प्रेस संगठन पर्साले आयोजना गरेको पुरस्कार तिरण समारोहलाई समबोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यष नेपालले नेपाली समाजामा फाइदाको पछि लाग्ने अवसरवादी चरित्र हावी हुदा समस्या आएको बताए । 


नेता नेपालले सही र गलत छुट्याउने विवेक आवश्यक भएको बताए । स्व. पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिमा आयेजना गरिएको कार्यक्रममा समाजावदी प्रेस संगठनका अध्यक्ष बिश्वमणी सुवेदीले नेपाल प्रेस युनियन सबै भन्दा ठुलो संगठन भएको नाताले उसकै नेतृत्वमा महासंघलाई साझा बनाउनुपर्ने  बिचार ब्यक्त गरे । 


नेपाल पत्रकार महासंघले मंसिर २८ गते केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसिट्एस शाखाको निर्वाचन मिति तोकेको छ । उक्त मिति नजिकिँदै गर्दा पत्रकार संगठनहरु आ–आफ्ना गतिविधिमा सक्रिय भएका हुन् ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा  स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट (नेपाल पोस्ट डेली) का सम्पादक मनोज पटेललाई सम्मानित गरिएको थियो । 

 पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्पादक पटेललाई दोसल्ला ओढाएर सम्मानपत्र र २१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। 


संगठनको पर्सा शाखाद्वारा आइतबार वीरगञ्जस्थित रेडियो वीरगञ्जको प्रांगणमा आयोजित नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले स्वर्गीय नरेश सराफ कुनै एक संगठनको नभई उनी सबै पत्रकारहरुको नजदीकका एउटा व्यक्तित्व भएको बताए । साच्चिकै उनको निधनले आम सञ्चार क्षेत्रमा ठूलो क्षति भएको बताए । 

यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बञ्जाराले स्वर्गीय नरेश सराफ एउटा असल र निडर पत्रकारको रुपमा परिचित थिए र अब हामी सबै पत्रकारहरु मिलेर उनको परिवारलाई सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । 

कार्यक्रममा रेडियो वीरगञ्जका सञ्चालक धुर्ब साह, प्रेस युनियनका अध्यक्ष विजय चौहान, प्रेस चौतारीका अध्यक्ष विजय भण्डारी, नेपाल पत्रकार महासंघ पर्सा जिल्लाका उपाध्यक्ष युवराज खड्का, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साह, पत्रकार वृजलाल पासवान लगायत विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु शुमनको अध्यक्षतामा सम्पन्न भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.