logo

भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ५ गते ०८: ४५ मा प्रकाशित     441   पटक पढिएको

बीरगंज । भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु भएको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले बीरगंजका होटलहरुको वर्गीकरण तथा लोगो नबिकरण कार्य शुरु गरेको हो  ।  कार्यालयले होटेलहरुको  अनुगमन गरि खाद्य स्वच्छता स्तरको आधारमा विभिन्न होटलहरुको स्तर निर्धारण गरि वर्गीकरण शुरु गरेको छ।

 खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयोजन एबम खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग बीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा निस्केको अनुगमन टोलिले बीरगंजको विभिन्न दस वटा होटलहरुको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा  अनुगमन गरिएका सबै होटलहरुको भान्सा , भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको  चेकजाँच गर्नुको साथै टेस्टो मिटरद्वारा  भन्सामा प्रयोग गरिएका तेलको गुणस्तरीयता समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंहले बताए ।   


अनुगमन गरिएका दस होटलहरु मध्ये  सरोबर प्रोटिक होटल , होटल दियालो  र भिस्वा होटल गरि तीन वटा होटलहरुलाइ खाद्य स्वच्छताको आधारमा अति उत्तम (३ स्टार) प्रमाणीकरण गरि लोगो बितरण एबम नवीकरण गरिएको अनुगमन टोलि संयोजन सदस्य , होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

 

पन्तले लोगो बितरणमा कुनै पनि होटलहरु लाइ  पक्षपात हुन नहुने र त्यसो नगरिने प्रतिबद्धता समेत जनाए । पन्तले बीरगंजका सबै होटलहरुलाई   खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरु पस्कन अनुरोध समेत गरे ।


अनुगमन टोलीले खाद्य स्वच्छताको आधारमा होटल पुजन ,होटल मकालु र अनमोल स्वीटलाइ उत्तममा वर्गीकरण गरेर (२ स्टार)को लोगो बितरण गरिएको थियो । त्यसै गरि कन्ट्री इन्न होटल प्रा लि र कैलाश होटल र मेजवान होटललाई( १ स्टार)को लोगो दिइएको थियो भने डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको  सन्केत दिएर केहि सुधारको निर्देशन समेत दिइएको थियो । यसै क्रममा अनुगमन  टोलीले होटलका संचालकहरु लाई  खाद्य स्वच्छता प्रतिबद्धता पत्रमा सहि गराएर  हस्तान्तरण गरेको थियो ।


 अनुगमन टोलिमा बाणिज्य कार्यालय बीरगंजका सुनिल चौरसिया , बीरगंज उद्योग बाणिज्य संघका मनोज  कुमार दास बीरगंज महानगरका प्रतिनिधि  बिभा मिश्र लगायत जिल्ला प्रशासन कार्यालय पर्सा  र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको पनि उपस्तिथि थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.