logo

भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ५ गते ०८: ४५ मा प्रकाशित     545   पटक पढिएको

बीरगंज । भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु भएको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले बीरगंजका होटलहरुको वर्गीकरण तथा लोगो नबिकरण कार्य शुरु गरेको हो  ।  कार्यालयले होटेलहरुको  अनुगमन गरि खाद्य स्वच्छता स्तरको आधारमा विभिन्न होटलहरुको स्तर निर्धारण गरि वर्गीकरण शुरु गरेको छ।

 खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयोजन एबम खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग बीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा निस्केको अनुगमन टोलिले बीरगंजको विभिन्न दस वटा होटलहरुको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा  अनुगमन गरिएका सबै होटलहरुको भान्सा , भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको  चेकजाँच गर्नुको साथै टेस्टो मिटरद्वारा  भन्सामा प्रयोग गरिएका तेलको गुणस्तरीयता समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंहले बताए ।   


अनुगमन गरिएका दस होटलहरु मध्ये  सरोबर प्रोटिक होटल , होटल दियालो  र भिस्वा होटल गरि तीन वटा होटलहरुलाइ खाद्य स्वच्छताको आधारमा अति उत्तम (३ स्टार) प्रमाणीकरण गरि लोगो बितरण एबम नवीकरण गरिएको अनुगमन टोलि संयोजन सदस्य , होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

 

पन्तले लोगो बितरणमा कुनै पनि होटलहरु लाइ  पक्षपात हुन नहुने र त्यसो नगरिने प्रतिबद्धता समेत जनाए । पन्तले बीरगंजका सबै होटलहरुलाई   खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरु पस्कन अनुरोध समेत गरे ।


अनुगमन टोलीले खाद्य स्वच्छताको आधारमा होटल पुजन ,होटल मकालु र अनमोल स्वीटलाइ उत्तममा वर्गीकरण गरेर (२ स्टार)को लोगो बितरण गरिएको थियो । त्यसै गरि कन्ट्री इन्न होटल प्रा लि र कैलाश होटल र मेजवान होटललाई( १ स्टार)को लोगो दिइएको थियो भने डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको  सन्केत दिएर केहि सुधारको निर्देशन समेत दिइएको थियो । यसै क्रममा अनुगमन  टोलीले होटलका संचालकहरु लाई  खाद्य स्वच्छता प्रतिबद्धता पत्रमा सहि गराएर  हस्तान्तरण गरेको थियो ।


 अनुगमन टोलिमा बाणिज्य कार्यालय बीरगंजका सुनिल चौरसिया , बीरगंज उद्योग बाणिज्य संघका मनोज  कुमार दास बीरगंज महानगरका प्रतिनिधि  बिभा मिश्र लगायत जिल्ला प्रशासन कार्यालय पर्सा  र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको पनि उपस्तिथि थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.