logo

उत्पीडित  र पछाडी पारिएका वर्ग समुदायले अधिकार पाउन  स्वायत्त क्षेत्र बनाउनु पर्छःः सञ्चार मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ३० गते ०८: २९ मा प्रकाशित     441   पटक पढिएको

बीरगंज । मधेस प्रदेश सरकारको गृह, सञ्चार  तथा कानून मन्त्री राजकुमार लेखीले  मिडियाकर्मी र राजनितीकर्मी कसैले पनि संविधानमा उल्लेखित अधिकारको विषयमा आवाज नउठाउनु दुःखद रहेको बताएका छन । 

प्रदेश स्वायत्त भएकै छैन, अधिकार अन्तै छ : मन्त्री लेखी
शुक्रबार मिडिया काउन्सिल मधेस प्रदेशले सप्तरीमा आयोजना गरेको  पत्रकार आचारसंहिता पालना सम्बन्धि गोष्ठीमा उनले यस्तो बताएका हुन ।


मन्त्री लेखीले संघीयतामा  दलित,मुस्लिम,जनजाति,उत्पीडित  र पछाडी पारिएका वर्ग समुदायले अधिकार पाउन  स्वायत्त क्षेत्र बनाउनु पर्नेमा जोड दिए ।


 अहिले प्रदेश नै स्वायत्त नबनिसकेको अवस्था छ उनले भने “सम्पूर्ण अधिकार र बजेट संघिय सरकारकै अधीनमा रहेको छ” ।
मन्त्री लेखीले सञ्चार क्षेत्रको विकास र पत्रकारहरुको वृत्ति विकासका लागि मन्त्रालयले ५० करोडको कार्यक्रम ल्याउन लागेको बताए । 

20241115_115449-600x325.jpg
मन्त्री लेखीले पत्रकार महासंघ र काउन्सिल पदाधिकारीसंग योजना कार्यक्रम माँग गर्दा नपाएको भन्दै गुनासो समेत गरे । 
झपत्रकारहरुले उठएको कुरामा गम्भीर छु,रमाउन र आश्वासनका लागि मात्र कुरा गर्दिन’, मन्त्री लेखीले भने,’अरुभन्दा बढी मिडियामा सहानुभूति राख्छु, संचार क्षेत्रमा बजेट बढाएर पत्रकारको समस्यालाई ध्यानमा राखेर बजेट सिलिङ बढाउनुपर्छ, आफू जिम्मेवारीमा रहुन्जेल  धेरै कुराहरु सम्बोधन हुन्छ ।’


पञचायती, बहुदलीय व्यवस्था भन्दा गणतन्त्रमा पत्रकारिताको अवस्था फेरीएको बताउँदै आधुनिकताको गम्भीरतालाई बुझेर पत्रकारितालाई पनि बदल्नु पर्ने उनको कथन रहेको थियो ।  

20241115_125832-600x214.jpg

मिडिया काउन्सिल मधेश प्रदेशका  कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य किरण कुमारी साह, सप्तकोसी नगरपालिकाका मेयर कृष्णा प्रसाद ढकाल,आम संचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,नीति आयोगकी सदस्य डा। शिला मिश्र, पत्रकार महासंघ मधेस प्रदेश समिति अध्यक्ष राजेश कुमार कर्ण, सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष बैधनाथ झालगायतकाले विचार व्यक्त गरे । 

20241115_115659-600x265.jpg
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, पत्रकार हेमशंकर सिंह, सतिष दत्त, नवीन कुमार गुप्ता, विद्यानन्द राम, पिण्टु यादव, अजय अनुरागलगायतले पत्रकार आचारसंहिता उलंघनका घटना न्यूनीकरणका लागि हुनसक्ने उपायबारे सुझाव दिएका थिए । 


मिडिया काउन्सिलका लेखा अधिकृत फडिन्द्र ढुगेलद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत मुलेश्वर यादवले गरेका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.