logo

उत्पीडित  र पछाडी पारिएका वर्ग समुदायले अधिकार पाउन  स्वायत्त क्षेत्र बनाउनु पर्छःः सञ्चार मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ३० गते ०८: २९ मा प्रकाशित     289   पटक पढिएको

बीरगंज । मधेस प्रदेश सरकारको गृह, सञ्चार  तथा कानून मन्त्री राजकुमार लेखीले  मिडियाकर्मी र राजनितीकर्मी कसैले पनि संविधानमा उल्लेखित अधिकारको विषयमा आवाज नउठाउनु दुःखद रहेको बताएका छन । 

प्रदेश स्वायत्त भएकै छैन, अधिकार अन्तै छ : मन्त्री लेखी
शुक्रबार मिडिया काउन्सिल मधेस प्रदेशले सप्तरीमा आयोजना गरेको  पत्रकार आचारसंहिता पालना सम्बन्धि गोष्ठीमा उनले यस्तो बताएका हुन ।


मन्त्री लेखीले संघीयतामा  दलित,मुस्लिम,जनजाति,उत्पीडित  र पछाडी पारिएका वर्ग समुदायले अधिकार पाउन  स्वायत्त क्षेत्र बनाउनु पर्नेमा जोड दिए ।


 अहिले प्रदेश नै स्वायत्त नबनिसकेको अवस्था छ उनले भने “सम्पूर्ण अधिकार र बजेट संघिय सरकारकै अधीनमा रहेको छ” ।
मन्त्री लेखीले सञ्चार क्षेत्रको विकास र पत्रकारहरुको वृत्ति विकासका लागि मन्त्रालयले ५० करोडको कार्यक्रम ल्याउन लागेको बताए । 

20241115_115449-600x325.jpg
मन्त्री लेखीले पत्रकार महासंघ र काउन्सिल पदाधिकारीसंग योजना कार्यक्रम माँग गर्दा नपाएको भन्दै गुनासो समेत गरे । 
झपत्रकारहरुले उठएको कुरामा गम्भीर छु,रमाउन र आश्वासनका लागि मात्र कुरा गर्दिन’, मन्त्री लेखीले भने,’अरुभन्दा बढी मिडियामा सहानुभूति राख्छु, संचार क्षेत्रमा बजेट बढाएर पत्रकारको समस्यालाई ध्यानमा राखेर बजेट सिलिङ बढाउनुपर्छ, आफू जिम्मेवारीमा रहुन्जेल  धेरै कुराहरु सम्बोधन हुन्छ ।’


पञचायती, बहुदलीय व्यवस्था भन्दा गणतन्त्रमा पत्रकारिताको अवस्था फेरीएको बताउँदै आधुनिकताको गम्भीरतालाई बुझेर पत्रकारितालाई पनि बदल्नु पर्ने उनको कथन रहेको थियो ।  

20241115_125832-600x214.jpg

मिडिया काउन्सिल मधेश प्रदेशका  कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य किरण कुमारी साह, सप्तकोसी नगरपालिकाका मेयर कृष्णा प्रसाद ढकाल,आम संचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,नीति आयोगकी सदस्य डा। शिला मिश्र, पत्रकार महासंघ मधेस प्रदेश समिति अध्यक्ष राजेश कुमार कर्ण, सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष बैधनाथ झालगायतकाले विचार व्यक्त गरे । 

20241115_115659-600x265.jpg
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, पत्रकार हेमशंकर सिंह, सतिष दत्त, नवीन कुमार गुप्ता, विद्यानन्द राम, पिण्टु यादव, अजय अनुरागलगायतले पत्रकार आचारसंहिता उलंघनका घटना न्यूनीकरणका लागि हुनसक्ने उपायबारे सुझाव दिएका थिए । 


मिडिया काउन्सिलका लेखा अधिकृत फडिन्द्र ढुगेलद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत मुलेश्वर यादवले गरेका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.