उधोगमा तत्काल बिजुली आपूर्ती दिइने प्राधिकरण सञ्चालक समितिको निर्णय
इसीमाना सम्वाददाता
२०८१ कार्तिक २७ गते ०६: ०४ मा प्रकाशित
483 पटक पढिएको
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलवार बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बोर्डले बिजुली काटिएको उधोगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवम् ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।
यस अघि मन्त्रीपरिषदले १५ दिन भित्रमा टाइम अफ डे मिटरका आधारमा बक्यौता असुलउपर गर्ने निर्णय गरेको थियो । बोर्ड मन्त्रीपरिषदको निर्णय मानेर जाने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष एवं उर्जामन्त्री खड्काले प्राधिकरणले विद्युत् प्रयोग गरेवापत बिल दिनुपर्ने र व्यवसायीले सोअनुसार रकम तिर्नुपर्ने बताए ।
बिल दिन सकेन भने प्राधिकरणका कर्मचारीमाथि कारबाही हुने उनले प्रष्ट पारे । मन्त्री खड्काको सिधा कुरा थियो तिर्नुपर्ने पैसा तिरेन भने व्यवसायीमाथि पनि कारबाही हुन्छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा गरेका थिए ।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया