logo

आदीवासी जनजातिको हितकालागि संरचना बनाउन सकिने मन्त्री लेखीको भनाई, थारु छात्रावासको अध्यक्षमा पर्साका चौधरी सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक २४ गते ०७: २३ मा प्रकाशित     334   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाले शेखर चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । 

May be an image of 2 people, people smiling and temple


शनिवार छात्रावास प्राङ्गणमा भएको साधारण सभाको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । त्यस्तै महिला उपाध्यक्षमा रौतहट की ललिता चौधरी  चयन भएकी छिन । सचिवमा अमृतलाल चौधरी , कोषाध्यक्षमा हिर्दय नारायण चौधरी , सदस्यहरुमा वेदमन दास थारु , कमल महतो थारु , दिपेन्द्र प्रसाद चौधरी , जगनारायण प्रसाद चौधरी , मिना कुमारी चौधरी , ढोढाई चौधरी र अनुठा धामि निर्वाचित भएका छन् ।

May be an image of 9 people, dais and text

साधारण सभाको बन्दसत्रले छात्रावासको आर्थिक हर हिसाव तथा प्रगती प्रतिवेदनमा आवश्यक छलफल गरि पारित गरेको छ । 


यस अघि साधारण सभाको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए । 


मन्त्री लेखीले  कार्यक्रमको उद्घाटन गर्दै  प्रदेशमा आदिवासी जनजातिहरुको उत्थान र विकासका लागि छुट्टै निकाय गठन गर्न सकिने बताएका छन ।

May be an image of 9 people and text

उनले त्यस्तो संरचना निर्माणकालागि आफूले प्रदेश सभाका आदीवासी जनजाति साँसदहरुका वीचमा पहल गर्दा सफलता नपाएको बताए ।  आ आफ्नो प्रदेश सभाबाट निर्वाचित साँसदहरुलाई पहलकालागि अपिल गर्नुहोस आदीवासी जनजातिकालागि त्यस्तो संरचना बनाउन सकिने मन्त्री लेखीले बताए । 


मन्त्री लेखीले सभामुख आदीवासी समुहको र आफू स्वयं नै जनजाति भएको चर्चा गर्दै प्रदेश सभासदहरुले साथ दिए आदीावसी जनजाति सम्बन्धी संरचना बनाउन सकिने बताए । 


थारु छात्राबासको  निर्माण जसरी भएको थियो त्यो अनुरुपको विकास गर्न नसकिएको भन्दै उनले छात्रावासलाई प्राविधिकहरुको परामर्श र सुझावमा बनाएर व्यावसायिक प्रयोजनमा प्रयोगमा ल्याएर आम्दानीको स्रोत बनाउन सकिने तर्फ बिचार गर्न आग्रह गरे  ।

वीरगन्ज औद्योगिक सहर भएकोले थारु छात्रावासलाई पनि व्यावसायिक दृष्टिले भवन निर्माण गर्ने र पार्टी प्यालेस तथा सभाहलको रुपमा विकास गर्न सकिने पनि बताए  ।

May be an image of 8 people

थारु छात्राबास व्यावस्थापन समितिका अध्यक्ष राधेकृष्ण चौधरीको अध्यक्षतामा भएको सधारणसभामा प्रदेश सांसद देवनारायण चौधरी, संविधानसभा सदस्य जयप्रकाश थारु, कोल्हवी नगरपालिकाका प्रमुख राप्रसाद चौधरी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य नन्दनकिशोर पंजियार, पर्सा अध्यक्ष भागवत प्रसाद थारु, बारा अध्यक्ष राप्रसाद चौधरी, रौतहट अध्यक्ष जगन्नाथ चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

ठोरी गाउँपालिकामा पतञ्जली योग तदर्थ समिति गठन, निःशुल्क योग शिविर सञ्चालन

वीरगञ्ज  । ठोरी गाउँपालिकामा योग, स्वास्थ्य र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पतञ्जली योगको गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.