logo

आदीवासी जनजातिको हितकालागि संरचना बनाउन सकिने मन्त्री लेखीको भनाई, थारु छात्रावासको अध्यक्षमा पर्साका चौधरी सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक २४ गते ०७: २३ मा प्रकाशित     267   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाले शेखर चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । 

May be an image of 2 people, people smiling and temple


शनिवार छात्रावास प्राङ्गणमा भएको साधारण सभाको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । त्यस्तै महिला उपाध्यक्षमा रौतहट की ललिता चौधरी  चयन भएकी छिन । सचिवमा अमृतलाल चौधरी , कोषाध्यक्षमा हिर्दय नारायण चौधरी , सदस्यहरुमा वेदमन दास थारु , कमल महतो थारु , दिपेन्द्र प्रसाद चौधरी , जगनारायण प्रसाद चौधरी , मिना कुमारी चौधरी , ढोढाई चौधरी र अनुठा धामि निर्वाचित भएका छन् ।

May be an image of 9 people, dais and text

साधारण सभाको बन्दसत्रले छात्रावासको आर्थिक हर हिसाव तथा प्रगती प्रतिवेदनमा आवश्यक छलफल गरि पारित गरेको छ । 


यस अघि साधारण सभाको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए । 


मन्त्री लेखीले  कार्यक्रमको उद्घाटन गर्दै  प्रदेशमा आदिवासी जनजातिहरुको उत्थान र विकासका लागि छुट्टै निकाय गठन गर्न सकिने बताएका छन ।

May be an image of 9 people and text

उनले त्यस्तो संरचना निर्माणकालागि आफूले प्रदेश सभाका आदीवासी जनजाति साँसदहरुका वीचमा पहल गर्दा सफलता नपाएको बताए ।  आ आफ्नो प्रदेश सभाबाट निर्वाचित साँसदहरुलाई पहलकालागि अपिल गर्नुहोस आदीवासी जनजातिकालागि त्यस्तो संरचना बनाउन सकिने मन्त्री लेखीले बताए । 


मन्त्री लेखीले सभामुख आदीवासी समुहको र आफू स्वयं नै जनजाति भएको चर्चा गर्दै प्रदेश सभासदहरुले साथ दिए आदीावसी जनजाति सम्बन्धी संरचना बनाउन सकिने बताए । 


थारु छात्राबासको  निर्माण जसरी भएको थियो त्यो अनुरुपको विकास गर्न नसकिएको भन्दै उनले छात्रावासलाई प्राविधिकहरुको परामर्श र सुझावमा बनाएर व्यावसायिक प्रयोजनमा प्रयोगमा ल्याएर आम्दानीको स्रोत बनाउन सकिने तर्फ बिचार गर्न आग्रह गरे  ।

वीरगन्ज औद्योगिक सहर भएकोले थारु छात्रावासलाई पनि व्यावसायिक दृष्टिले भवन निर्माण गर्ने र पार्टी प्यालेस तथा सभाहलको रुपमा विकास गर्न सकिने पनि बताए  ।

May be an image of 8 people

थारु छात्राबास व्यावस्थापन समितिका अध्यक्ष राधेकृष्ण चौधरीको अध्यक्षतामा भएको सधारणसभामा प्रदेश सांसद देवनारायण चौधरी, संविधानसभा सदस्य जयप्रकाश थारु, कोल्हवी नगरपालिकाका प्रमुख राप्रसाद चौधरी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य नन्दनकिशोर पंजियार, पर्सा अध्यक्ष भागवत प्रसाद थारु, बारा अध्यक्ष राप्रसाद चौधरी, रौतहट अध्यक्ष जगन्नाथ चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.