logo

लामिछानेलाई थप १० दिन न्यायीक हिरासतमा राख्न अदालतले दियो अनुमती

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक २० गते ०५: १७ मा प्रकाशित     172   पटक पढिएको

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले मंगलवार अनुमति दिएको छ ।

सहकारी ठगी अभियोगमा कात्तिक २ गते पक्राउ  परेका   लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए  ।

यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई मंगलवार  अदालतमा पेश गरिएको थियो ।


 जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताए  । सभापति लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.