logo

प्ररीद्वारा गाँजाका ३५ हजार बिरुवा नष्ट,इमान र ब्यवसायीक निष्ठामाथि शंका

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १२ गते १५: ५६ मा प्रकाशित     409   पटक पढिएको

वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कमाण्डमा प्रतिवन्धित लागु औषध गाँजा खेती फडानी गरिएको छ ।   सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ को सखवनियमा  गाँजा खेती फडानी गरेको हो ।

इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी बरिष्ठ नायब निरिक्षक यज्ञानन्द प्रसाद साहको कमाण्डको टोली र प्रहरी चौकी बढनिहार , रंगपुर, अस्थायी प्रहरी पोष्ट मनवा, सुरक्षा बेश क्याम्प बागेश्वरी र सखबनिया रेञ्ज पोष्ट बाट समेत खटिएको संयुक्त टोलीले गाँजा खेती फाँडेको हो ।

टोलीले बडनिहार , कोइलाभार, बिन्दबासीनी साझेदारी वनको क्षेत्रमा लगाइएको अन्दाजी ५ बिगाहा जग्गाको गाँजा खेती फडानी गरेको पटेर्वासुगौलीका प्रहरी निरिक्षक मोहन जंग थापाले जनाए ।


उनका अनुसार अवैध रुपले १७ स्थानमा लगाइएको ३५ हजार गाँजाको बोटबिरुवा फाँडेर नष्ट पारिएको हो ।

 

त्यसअघि कात्तिक १० र ७ गतेसमेत प्रहरी टोलीले फरक फरक स्थानहरुमा लगाइएका गाँजालाई फाडेर नष्ट पारेको थियो । 

 

स्थानीय प्रहरीको लापरवाहीका कारण पर्साको ग्रामीण क्षेत्रमा तस्करहरुले गाँजा खेतीको प्रयास गरेका छन । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले गाँजा फडानी गरेको पर्सा प्रहरीले बिज्ञप्ति जारी गरेरै जनाएको छ ।

 

गाँजा खेती उन्मुलन भएको पर्सामा छिटफूट  गाँजा खेतीको प्रयास हुनुको पछाडिको रहस्य खोजी गर्न प्रहरीले सुक्ष्म अनुसन्धान गर्न आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ । 

 

स्थानीय रुपमा रहेका प्रहरी युनिटले आफ्नो क्षेत्रमा प्रतिवन्धित गाँजाको खेती भएको चाल नपाउने अनी टाढा रहेको इलाका प्रहरीले थाहा पाउने कुरा नै अचम्म लाग्दो छ । 


स्थानीय युनियटमा रहेका प्रहरीको इमान र ब्यवसायीक निष्ठामाथि शंका उत्पन्न हुने गरि गाँजा खेतीको प्रकरण सार्वजनीक भएको छ ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.