logo

प्रेम आलेको नाममा ठुलै रकमको कारोवार , किङ्स क्यासिनो राजस्व अनुसन्धान बिभागको रडारमा

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ८ गते ०४: २३ मा प्रकाशित     768   पटक पढिएको

बीरगंज । बीरगंजको दियालो लर्डसमा संचालीत किङस क्यासिनो राजस्व अनुसन्धान बिभागको रडारमा परेको छ । बिभागले क्यासिनोको कारोवारको बिषयमा अनुसन्धान शुरु गरेको स्रोतको दावी छ । 


राष्ट्रबैंकले छानविनकालागि बिभागलाई पत्र पठाएपछि बिभाग हरकतमा आएको हो । बीरगंजको किङ्स क्यासिनोका बिरुद्ध राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।क्यासिनोका एक सामान्य कर्मचारीको बैंकखाताबाट प्रेम आलेको नाममा समेत ठूलै रकम कारोबार भएको देखिए पछि  राष्ट्रबैंकले बिभागलाई छानवीन गर्न पत्राचार गरेको हो । 

 

किङ्स क्यासिनोले बिभागले दिएको इजाजतको खिल्ली उडाउँदै फलास म्यारिज जस्ता गेमहरु खेलाउदै आएकोमा पटक पटक समाचारहरु प्रकाशनमा आएका छन ।

 

क्यासिनोमा नेपाली नागरिकलाई पनि निर्वाध प्रवेश गराउने गरेको तथ्य समेत पटक पटक उजागर भएको छ । प्रहरीले छापामारी गर्दा नेपाली पक्राउ परेको घटना सेलाएको छैन । बीरगंजको किङ्स क्यासिनो संचालनकालागि पूर्व पर्यटनमंत्री प्रेम आलेले इजाजत दिएका थिए । 


राष्ट्रबैंकले राजस्व अनुसन्धान बिभागलाई उक्त खाताको अनुसन्धान गर्न पत्र पठाएपछि किङस क्यासिनोका संचालक माधव गिरी र कमल के.सी.हरु मिलाउने दौडधूपमा छन् । तर उनीहरुको मिलाउने प्रयास सफल हुन नसकेको बिभाग स्रोत बताउँछ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.