logo

बीरगंजका सर्राफको हत्यामा संलग्न रक्सौलका गुप्ता पक्राउ, श्रीमतीको मलिीभगतमा हत्या भएको खुलासा

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ७ गते ०१: ४६ मा प्रकाशित     389   पटक पढिएको

कलैया । बीरेन्द्र साह हत्या प्रकरणका मुख्य आरोपी बिजय गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनलाई बीरगंजको इनर्वा नजिकबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।  वीरगन्ज महानगरपालिका ३ छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारको असोज २७ गते हत्या भएको थियो ।

 

मृतक साहको पत्नी मनिषा देवी भने कार्तिक २ गते देखी नै हिरासतमा छिन ।  उनको शव बाराको प्रसौनी गाउँपालिका १ त्रिवेणी गाउँको त्रिवेणी खोलासँगै रहेको गण्डक नहर छेउमा कार्तिक २ गते फेला परेको थियो । 

रक्सौलको परेवागाउँका २८ वर्षीय विजय गुप्ता र मृतकको श्रीमती मनिषा देवीको मिलीभगतमा साहको हत्या भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काका अनुसार आरोपी  गुप्ताले हत्या आरोप स्वीकार गरेका छन ।  

 

आरोपी विजय, मृतक वीरेन्द्र र उनकी पत्नी मनिषा वीरगन्ज घरमा सँगै बस्दै आएका थिए ।  

 

विजय र मृतक वीरेन्द्र घरबाट सँगै मेला हेर्न बाइकमा निस्केका थिए । संगै निस्केका उनीहरु मध्य साह बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि साहको खोजी गरिदिन भन्दै निवेदन लिएर मनिषा र गुप्ता संगै जिल्ला प्रहरी कार्यालय पर्सामा गएका थिए । 


साहलाई हत्या गरि छोडेको स्थानको सूचना गुप्ताले नै मनिषालाई दिएका थिए ।

 

 गुप्ता घटनास्थलको सूचना दिएर भारत तर्फ भागेका थिए । गुप्ताले पर्साको बहुदरमाइृबाट समेत नागरिकता लिएका छन । उनले आफूनो ठेगाना त्यहीको बताएको प्रहरीले जनाएको छ । बारा प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.