logo

बढाइएको कर फिर्ताको माँग गर्दै पोखरिया प्रमुख चौहानलाई ज्ञापन, माँग पुरा नगरिए आन्दोलनको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ५ गते ०९: १६ मा प्रकाशित     269   पटक पढिएको

बीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहानलाई  राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पर्साले  कर फिर्ताको माँग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

 

सोमवार पार्टीका नेता नेजामुदिन सेमानीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख चौहानलाई ज्ञापन पत्र बुझाएको हो । 


ज्ञापन पत्रमा उल्लेख गरिएका माँग एक महिना भित्र पुरा गर्न अल्टीमेटम दिइएको छ । एक महिनाभित्र माग सम्बोधन नगरिए भण्डाफोरका साथै संघर्ष गर्न बाध्य हुने चेतावनी ज्ञापन पत्र मार्फत दिइएको छ । 

नगरपालिकाले बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने, नगरपालिकाका कर्मचारीहरूलाई समयमा तलब दिनु पर्ने, मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नु पर्ने, नगरपालिकाकाले गराएका निर्माण कार्य सम्पन्न गरेका ठेकेदारहरुलाई भुक्तानी दिनु पर्ने, नगर बिस्तारमा जग्गा धनी तथा खरिदकर्ताको जग्गा दिनु पर्ने, स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने र नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने माँग ज्ञापन पत्रमा उल्लेख छन ।


समानीले जिल्लाको दोस्रो सदरमुकाम मानिने पोखरिया नगरपालिका बने पनी हालसम्म आम जनतालाई यसको अनुभूति नभएको बताए ।

 

नगरपालिकमा सेवा विस्तार न गरी पूर्व नगर प्रमुखको पालामा सम्पत्ति कर लगाइएको र साबिकमा तीन सय लाग्ने दस्तूर हाल १ हजार ५ सय देखि पाच हजार सम्म बढाईएको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.