logo

पार्टी सभापति लामिछानेको गिरफ्तारी बिरुद्ध बीरगंजमा प्रर्दशन, बिना शर्त रिहाईको माँग

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ३ गते ०९: ३२ मा प्रकाशित     206   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बीरगंजमा शनिवार बिरोध प्रर्दशन गरेको छ । पार्टीका सभापति रवि लामिछाने गिरफ्तारी बिरुद्ध पार्टीको पर्सा जिल्ला कमिटीले शनिबार बीरगंजमा विरोध प्रदर्शन गरेको हो ।

रास्वपा पर्साले वीरगञ्जको घण्टाघरबाट निकालेको र्‍याली माईस्थान, आदर्शनगर, गीता मन्दिर हुँदै पुनः घण्टाघरमै गएर कोणसभामा परिणत भएको थियो।


र्‍यालीमा सहभागी भएका रास्वपाका कार्यकर्ताहरुले ‘भ्रष्टाचारी सरकार मुर्दावाद, राजनीतिक प्रतिशोध साध्न पाइँदैन, अधिनायकवाद चल्दैन, कानुनको दुरुपयोग गर्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

र्‍यालीपछि कोण सभालाई सम्बोधन गर्दै रास्वापाका केन्द्रीय सदस्य डा. नन्दन यादवले तानशाही  शसकहरुले पतनको समयमा यस्ता कार्यहरु गर्ने गरेको बताए। रवि लामिछानेलाई पक्राउ गरेर सरकारले आफ्नो नांगोपन देखाएको उनको भनाइ थियो।

यस्तै, रास्वपा पर्साका सभापति हरि पन्तले शब्दको जालमा खेलेर घुमाउरो बाटोबाट  लामिछानेलाई पक्राउ गरिएको बताए। उनले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।


उनले पार्टी सभापतिलाई तत्काल बिना शर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा क्लासिक ब्याङ्क्वीटबाट जुलुस निकालिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.