logo

केडियाको दावी फेरी पनि खारेज, मालपोतले नेपाल सरकारको हुने गर्यो ठहर , तर प्राकृतिक न्यायको सिद्धान्तको भयो अपमान

 इसीमाना सम्वाददाता     २०८१ असोज १६ गते १०: १८ मा प्रकाशित     737   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जको छपकैया स्थित रै.न.१२ को क्षेत्रफल २ बिगाह १६ कठ्ठा ५ धुर जमिन नेपाल सरकारको हुने मालपोत कार्यालय पर्साले बुधवार फैसा गरेको छ ।

 

सिट नंम्बर ३९०÷ २३ को कित्ता ११७ र ९७ को जग्गा नेपाल सरकारको हुने गरि मालपोत कार्यालय पर्साले बुधबार फैसला गरेको हो ।


अनौठो त के छ भने सोही जग्गालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०६८ जेठ ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारको हुने निर्णय गरेर जिल्ला प्रशसन कार्यालय पर्साको नाममा लालपूर्जा बनाउन मालपोत कार्यालय पर्सालाई निर्देश गरेको थियो ।

 

तर सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनवाई उचित मौका प्रदान नगरि आफनो कार्यक्षेत्र भन्दा बाहिर गएर निर्णय गरेको भन्दै अख्तियारको निर्णयलाई बदर गरेको थियो ।

 

May be an image of ticket stub and text

अख्तियारले गरेको निर्णयलाई नै बुधवार मालपोत कार्यालय पर्साले निरन्तरता दिएको छ । सर्वोच्च अदालतले बदर गरेको निर्णयलाई नै पूनः निर्णय गरेकोले मुद्धामा सबै पक्षधरहरु अदालत जाने बाटो खुलेको छ ।


मालपोत कार्यालय पर्साका प्रमुख,बुधवारको फैसलाका मुख्यकर्ता डमरु निरौला र ताराचन्द केडियाको स्वार्थका कारण यो फैसला भएको सहजै बुझ्न सकिन्छ ।


ज्ञातब्य छ २०६७ फाल्गुण ३० गते भूमि सुधार तथा ब्यवस्थापन बिभागका माहानिर्देशक जीतबहादुर थापाले केडियालाई स्वामित्वबाट बेदखल गरेका छन ।

 

केडियाको स्वामित्वमा रहेको स्रेस्ता खारेज भएपछि मालपोत कार्यालय पर्साको बुधवारको सुनवाईमा ताराचन्द केडियालाई मालपोत कार्यालयले किन आमन्त्रण गर्यो भन्ने प्रश्न काूननी ब्यवसायीहरुले जर्वजस्त रुपमा उठाएका थिए ।

 

कानून ब्यवसायीले केडियाका “च्याप्टर क्लोज ” भएको भन्दै आफनो बहस पैरवी गरेका थिए । तर मालपोत कार्यालय पर्साको बुधवारको फैसलाले केडिया लाई आदालत जाने बाटो खुलेको छ ।


भूमि सुधार तथा ब्यवस्थापन बिभागले ताराचन्द केडियाको नामको जग्गाधनी पूर्जा बदरको निर्णय गरेपछि उनले कानूनी रुपमा कही चुनौती दिएको देखिदैन । चुनौती नदिनु भनेको त्यो निर्णयलाई स्वीकार गर्नु हो भन्ने जिरह कानून ब्यवसायीको रहेको थियो ।


यो जग्गाको बिषयामा दावी गर्नेहरु मध्य बुधवारको सुनवाईमा ताराचन्द केडियाको पक्षबाट मात्र बहस भएको थियो । जग्गामा दावी प्रस्तुत गर्ने मुकुल बिक्रम शाह, प्रितम सिंह ठकुरी, तारणी बिक्रम शाह, जगदीश साह, हरिनारायण गूप्ता सबैले आफनो कानून ब्यवसायी आउन नसक्ने ब्यहोरो सहितको पेशी स्थगीततको आवेदन दिएता पनि मालापोत कार्यालय पर्साले त्यसको सुनावाई नगरि एकपक्षीय रुपमा सुनवाई गरेको थियो ।

 

मालपोत कार्यालयको बुधलवारको सुनवाई प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकुल रहेको काूनन ब्यवसायीको भनाई छ ।जग्गाको स्वामित्व दावी गर्ने केडियाको तर्फबाट अधिवक्ता बालमुकुन्द खरेलले बहस गरेका थिए ।

 

स्वामित्वको दावी नगरेको बीरगंज महनगरपालिकाको तर्फबाट अधिवक्ता कमल मोहन पोख्रेल र कानून अधिकृत ईश्वर बरालले बहस पैरवी गरेका थए ।

 

अन्य दावेदारले पेशी स्थगतीको निवोदन दिएता पनि कार्यालय प्रमुख निरौलाले त्यसलाई अस्वीकार गरि आफनो निहित स्वार्थका कारण मुद्धा पेशीमा चढाएका थिए ।

 

बुधवार श्रोह श्राद्धको अन्तिम दिन पनि हो । पितृ श्राद्ध प्रति बिश्वास र भरोसा राख्नेहरुकालागि पेशीको दिन अनुपर्युक्त थियो तर निरौलाले यसको समेत सुनवाई गरेनन ।

 

बाढी पहिरोका कारण सडक संजाल राम्रोसंग संचालनमा छैन । काठमाण्डौ देखि आउनु पर्ने कानून ब्यवसायी उतै रोकिनु पर्यो हामीले आफनो पक्ष राख्न पाएनौ मालापोत कार्यालय प्राङ्गणम भेटिएका सुनिल ठकुरीले भने ।


यद्धपी मालपोत कार्यालयको बुधवारको फैसmलाले ताराचन्द केडियालाई अदालत जाने बाटो खोलेको भएपनि उनको स्वामित्व र भोगाधिकार नरहेको भने फेरी पनि प्रष्ट पारेको छ ।

 

यस अघि केडियाले सरकारी कागज किर्ते गरेर दुष्ति कर्मका आधारमा जग्गा माथिको स्वामित्वको प्रमाण सृजना गरेका थिए । अहिले मालपोत तथा नापी कार्यालयले उक्त जमीन सरकारी सार्वजनीक रहेको तथा ताराचन्द केडियाको हकभोगमा नरहेको प्रष्ट पारेको छ ।

 

फैसलाको यो निष्कर्षले भने केडियाको अपेक्षामा धक्का दिएको कानूनका जानकारको बिश्लेषण रहेको छ । मालपोतको बुधवकारको फैसलामा मालपोत ऐन २०२३४ को २४(२) बमोजीमा नेपाल सरकारको हुने ठहर्छ भनिएको छ ।

 


कानूनी प्रवन्ध भने यस्तो छ । (मालपोत ऐन ०३४ को दफ ा२४ को उपदफा (२) मा वन फडानी गरी बसोबास गराउने श्री ५ को सरकारको योजना भएकोमा वा श्री ५ को सरकारले अन्यथा आदेश दिएकोमा बाहेक सरकारी वन क्षेत्रको जागा, बन सीमाना नलगाइएको भए तापनि वन भएको जग्गा, चारैतिर बनले घेरिएको पर्ति वा बेदर्ता आवादी जग्गा कसैले दर्ता वा आवाद गर्न गराउन हुँदैन।

 

मालपोतको यो दावीले कित्ता नं ९७ र ११७ माथिको सबैको दावीलाई खारेज गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.