logo

बृहतर जनकपुरधाम बिकास परिषदका कर्मचारीहरुले दशैमा पनि तलव खान नपाउने, अदालतले दियो नसिहत

 इसीमाना सम्वाददाता     २०८१ असोज १६ गते ०७: ०२ मा प्रकाशित     297   पटक पढिएको

जनकपुरधाम । बृहतर जनकपुरधाम बिकास परिषदका कर्मचारीहरुले तत्काल तलब सुविधा नपाउने भएका छन ।

 

आठ महिना देखी परिषदका अध्यक्षलाई कार्यालयमा प्रवेश रोक लगाएर बसेका कर्मचारीहरु तलव माँग गर्दै अदालत पुगेका थिए ।


परिषदका अध्यक्ष शितल साहलाई कामकाज गर्न नदिएका कर्मचारीहरुले दशैेको मुखमा तलवको माँम गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतले बुधवार  कर्मचारीको माँग अनुसारको तलव दिनु पर्ने कुरामा परिषदकालागि कुनै आदेश गरेको छैन ।

 

अध्यक्षलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीलाई अदालतले तलव पाउने गरि आदेश नगरेर कर्मचारीलाई कार्यालयमा अनुशासनमा बस्न सन्देश दिएको छ ।

 

कार्यालयको प्रमुख ब्यक्तिको मान मर्यादामा खेलवाड गर्दै आएका कर्मचारीलाई आफनो दायित्व निर्वाहमा कमजोरी नगर्न र संस्थाको प्रमुख ब्यक्तिको नेतृत्वलाई सम्मान गर्न समेत अदालतले सन्देश दिएको छ ।

अदालतले अध्यक्ष साहलाई बोलाएको थियो । इजलाश समक्ष अध्यक्ष साहले वृहतर जनकपुरधाम बिकास परिषदको विगत देखि हाल सम्मको कार्यप्रगती , कुन शिर्षकमा कति खर्च, कति काम, विकास निर्माणमा कति खर्च र तलव भत्तामा कति खर्च बजेट? सहितका सम्पुर्ण फेहरिस्त प्रमाण सहित पेश गरेका थिए ।

 

अदालतले अध्यक्ष साहको दलील प्रस्तुत प्रमाणको रोहमा कर्मचारीलाई तलव दिनु पर्ने कुरामा परिषदका बिरुद्ध आदेश गर्न मनाशिव ठानेन ।

 

अध्यक्ष साहले भने तत्काल मुद्दामा मांग गरिएको तलव बारे अदालतले कुनै पनि आदेश दिन उपयुक्त नठानेको मैले बुझेको छु ।

 

अध्यक्ष साहले परिषद भित्रको अनियमितताका बिरुद्ध मोर्चा कसेपछि उनी बिरुद्ध घेराबन्दी शुरु भएको हो ।

 

उनका बिरुद्धको घेरमाबन्दीमा लाग्ने कर्मचारीहरुलाई नेकपा एसका नेता रामचन्द्र झाको संरक्षण रहेको स्रोतले जनायो ।

 

जितेन्द्र यादव सहितका कर्मचारीले गरेका अनियमितताका फेहरस्तिहरु सार्वजनीक भएपछि साहलाई अप्ठयारोमा पार्ने प्रपंच शुरु भएको बताइएको छ ।


यादव सहित सात जना बिरुद्ध सरकार छाप र लेटरप्याड किर्ते गरेको भन्दै उजुरी परेको छ । यादव बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत गरि २२ कित्ता मुद्धा परेको छ ।

 

मुद्धाको बारेमा सुनवाई र किनारा गर्ने सन्दर्भमा सबन्धीत कार्यालयहरुले गरेको ढिलासुस्ती भने निकै उद्धेक लाग्दो बनेको छ ।

 

यादवले जागीर खानकालागि पेश गरेको शक्षैक्षीक प्रमाण पत्र समेत नककली रहेको छ भने अनियमित रुमा प्रमोशन खाएको भन्दै त्यस बिरुद्ध पनि उजुरी परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.