logo

खेतानहरुकै कारण हरिखेतानको भविष्य संकटमा, आयोगले रोक्यो अनुदान, दिएन प्रमाणपत्र

 इसीमाना सम्बाददाता      २०८१ असोज १५ गते १५: १८ मा प्रकाशित     488   पटक पढिएको

बीरगंज । बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसले सामुदायीक क्याम्पसको प्रमाण पत्र नपाउने भएको छ । त्रिभूवन बिश्वबिद्यालयले दिने यो प्रमाण पत्र क्याम्पसमा हावी भएको परिवारबादका कारण नपाएको हो ।

 

प्रमाण पत्र नपाएसंगै बिश्वबिद्यालय अनुदान आयोगले दिदै आएको वार्षिक २७ लाख रुपैया अनुदान पनि रोकिएको छ ।


हरिखेतान बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसको प्रमाण पत्र पाउनकालागि पेश गरेको आवश्यक कागजातहरु त्रिभूवन बिश्वद्यिालयले अस्वीकृत गरेको छ ।


क्याम्पसले पेश गरेको बिधानलाई त्रिभूवन बिश्वबिद्यालय अनुदान आयोगले अस्वीकृत गरेको हो ।

 

बिधानमा दाता परिवारका सदस्य अध्यक्ष हुने प्रवन्ध गरिएको छ । तर आयोगले क्याम्पस सभाले निर्वाचित गरेको ब्यक्ति अध्यक्ष हुनु पर्ने प्रवन्ध बिधानमा हुनु पर्ने बताउदै आएको छ ।

 

देशभैरीका सामुदायीक क्याम्पसहरु जुन बिधि बाट संचालीत छन ठिक त्यसको बिपरित हरिखेतान बहुमुखी क्याम्पस तथाकथीत दाता परिवारका रुपमा रहेका खेतानहरुको अर्कमण्यताको शिकार हुदै आएको छ ।

 

खेतान परिवार आफनो पाराको छुट्टै कानूनी प्रवन्धको आधारमा क्याम्पसलाई प्रकारान्तरमा नीजी बनाउन उद्धत देखिएका छन ।


क्याम्पसको संचालक समितिको अहिलेको संरचनाले पनि त्यही कुरा देखाउछ । क्यम्पसको संचालक समितिको अध्यक्षमा प्रेम प्रकाश खेतान,सदस्यहरुमा डा. रामअवतार खेतान,सुनिल कुमार खेतान, प्रकाश खेतान, सन्तोष घिमिरे,बेदबहादुर कार्की र सदस्य सचिवका रुपमा क्याम्पस प्रमुख किशोरी राय यादव रहेका छन ।


यस अघि ०४८ सालको बिधानले भने प्रमुख जिल्ला अधिकारीलाई अध्यक्ष बनाएको थियो र सदस्यहरुमा बीरगंज महानगरपालिका,जिल्ला समन्वय समिति,गुठी संस्थान, बीरगंज उधोग बाणिज्य संघ,अजय कुमार द्विवेदी,क्याम्पस प्रमुख, प्राध्यापक प्रतिनिधि र डा.रामवतार खेतान सदस्य रहेका थिए ।

 


सामुदायिक क्याम्पस समुदायले आफना सन्ततीकोलागि संचालन गर्ने भएकोले समुदायका ब्यक्ति पनि संचालक समितिमा रहने कुरा मुलुक भर अभ्यासमा रहेको छ । तर बीरगंजमा गुठी संस्थानको जग्गामा एक तले घर निर्माण गराईदिएर दाताको हकभोग गरिरहेको खेतान परिवारको पाराले हरिखेतान बहुमुखी क्याम्पस यतिवेला अस्तित्व रक्षाको दौरबाट गुज्रिनु् परेको छ ।


खेतान परिवारले बनाएको क्याम्पसको बिधानमा क्याम्पस सभा २५ सदस्यीय हुने प्रवन्ध राखेर नियोजन गर्न खोजिएको छ तर बिश्वबिद्यालयको अनुदान आयोगले हरिखेतान बहुमुखी क्याम्पसको बिधानको यो धारा समेत अमान्य घोषित गरेको छ ।

 

आयोगले बिधान संशोधन गरेर ल्याउन भन्दै क्याम्पस संचालक समितिलाई निर्देशन दिएको भएता पनि दाता भएर रजगज गर्दै आएका “खेतान संचालक समिति” भने मौन बसेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.