logo

बरिष्ठ पत्रकार पाण्डेको निधन, पर्साले पत्रकारिताका अभिभावक गुमायो

 इसीमाना सम्बाददाता      २०८१ भदौ २७ गते १७: १० मा प्रकाशित     859   पटक पढिएको

वीरगंज। बीरगंजका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वर्गारोहण भएको छ । काठमाण्डौको महाराजगंज स्थित शिक्षण अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको बिहिवार अपरान्ह स्वर्गारोहण भएको नेपाल पत्रकार महासघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए । पत्रकार पाण्डेलाई मस्तिष्कघात भएको थियो ।

 

भदौ १४ गते पत्रकार पाण्डेलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएको थियो । उनलाई १४ गते असहज भएपछि बीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

 

नारायणी अस्पतालमा भर्ना गरिएका पत्रकार पाण्डेको अवस्था सामान्य नै थियो । काठमाण्डौ लैजादा सम्म कुरा गरिरहनु भएको त्यतीबेला छोरा सुरज पाण्डेले बताएका थिए ।

 

मधुमेह र रक्तचापबाट पीडित पत्रकार पाण्डेको शरीरको केही अंग चल्न नसकेको, अचेत अवस्थामा रहेको र भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । पत्रकार पाण्डेका एक छोरा र एक छोरी छिन ।

 

उनका कान्छा छोरा सिजन पाण्डे जनयु्द्धमा राज्यपक्षबाट मारिएका थिए ।उनी जनयुद्धमा शहीद भएका थिए । 


जिल्ला प्रशासन कार्यालय पर्सामा जागीरे जीवनमा रहेका पाण्डेले जागीर त्यागेर पत्रकारिता गरेका थिए । उनी नेपालकै स्थापित पत्रकारहरुको श्रेणी पर्छन ।

 

देशभरिका पत्रकारले उनलाई श्रद्धा र आदरभावले सम्मान गर्थे । पत्रकारिताको माध्यमले निमुखा श्रमजीवीको पक्षमा आवाज उठाउदै आएका पत्रकार पाण्डेले चीर बिश्राम लिएका छन ।

 

उनको आजै पशुपति आर्यघाटमा बैद्धिक बिधि अनुसार अन्त्येष्टि गरिने भएको छ । पछिल्लो समय पत्रकार पाण्डे बाराको डुमरबाना बस्दै आएका थिए ।


सुर्दशन राज पाण्डेको निधनले पर्सेली पत्रकारिताले एउटा असल अभिभावक गुमाएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.